साइना नयाँ ‘मिस टुरिज्म वर्ल्डवाइड नेपाल’


काठमाडौं । परेली मिडियाले राजधानीमा आयोजना गरेको ‘मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१८’ को उपाधि काठमाडौको न्याथम कलेजकी साइना कुँवरले जितेकी छन् । कुँवरले आफ्ना १४ प्रतियोगीहरुलाई पछि पार्दै शीर्ष ताजसँगै ‘मिस फ्रेन्डशिप’को अवार्ड पनि पोल्टामा पारिन् ।

विजेता कुँवरले मिस टुरिज्म नेपाल २०१८’ कोे ताज र उपाधि सहित नेपालको प्रतिनिधित्व गर्दै सिंगापुर र इन्डोनेशियामा हुने विश्वव्यापी पर्यटन र संस्कृति प्रवद्र्धन सौन्दर्य प्रतियोगितामा सहभागिता जनाउनेछिन् । प्रतियोगितामा आयुष्मा पोखरेल ‘फष्ट रनरअप’सँगै ‘मिस लिडरशिप’, रश्मी पहारी ‘सेकेण्ड रनरअप’सँगै ‘मिस ट्यालेन्ट’ र ‘मिस हेल्पफुल’, पुनम घिमिरे ‘थर्ड रनरअप’सँगै ‘मिस डिसिप्लीन’ बनिन् ।

अवार्डमा विधागततर्फ समिक्षा रेग्मी ‘मिस हार्ड वर्किङ’, सोनिका ताम्राकार ‘मिस पपुलर’, जेशिका रावल ‘मिस सोसियल’, सरिना नापित ‘मिस पर्सनालिटी’, मोनिका न्यौपाने ‘बेस्ट पर्फर्मेन्स’, प्रतिभा पन्थी ‘बेस्ट स्पीच’ र ‘बेस्ट स्टुडेन्ट’, रविना श्रेष्ठ ‘बेस्ट वाक’, सन्ध्या भट्टराई ‘बेस्ट स्माइल’, सन्ध्या महर्जन ‘मिस फोटोजेनिक’, अलिजा सेढाई ‘मिस पङ्चुवालिटि’ र सिम्रोन बास्तोला ‘मिस इन्टेलिजेन्ट’बनिन् ।

प्रतियोगितामा गायक आनन्द कार्की, सौन्दर्यविद् सिता न्यौपाने पाठक, संचारकर्मी तथा समाजसेवी किशोर भट्टराई तथा संगितकार रोशन भट्टराई निर्णायक थिए । सिंगापुरको लुमिनी ईन्टरनेशनलसँगको सहकार्यसँगै नेपाल पर्यटन बोर्डको सहयोगमा प्रतियोगिता आयोजना गरिएको परेली मिडियाका अध्यक्ष वर्षा कार्कीले बताइन् ।

SUBSCRIBE 👉