मिस एन्ड मिस्टर प्लस टु स्टार २०१८


परिवर्तन् इभेन्ट हाउस र लायन्स कल्ब अफ नेपाल बुढानिलकण्ठको सहकार्यमा बाबा एजुकेशन कन्सल्टेन्सी ‘मिस एन्ड मिस्टर प्लस टु स्टार २०१८’ आयोजना हुने भएको छ। प्लस टु अध्यन्ररत बिधार्थीहरुको सहभागिता रहने यो प्रतियोगिताको प्रतियोगीहरु एतिबेला प्रशिक्षणमा ब्यस्त छन्। बिभिन्न क्षेत्रका बिज्ञ व्यतित्वहरुको मोटिभेशन स्पिच सँगै प्रतियोगीहरूलाई आवशयक प्रशिक्षण संचारकर्मी एव कोरियोग्राफर जयन सुब्बा मानन्धरले दिईरहेकि छिन्। प्रतियोगीहरूलाई अन्य आधारभूत तालिम सँगै समाजिक क्रियाकलापमा पनि सहभागी गराइएको छ।

सामाजिक दायित्व बोध गराउन प्रतियोगीहरूलाई पशुपति स्थित वृद्धआश्रमको भ्रमण समेत गराईएको थियो। प्रतियोगीहरुले त्यहाका वृदहरूलाई फलफुल एव जुस खुलाएर केही समय उनीहरुसँग बिताए। त्यस्तै धार्मिक आस्थाको लागि प्रतियोगीहरूलाई महायज्ञमा पनि सहभागी गराइएको थियो।

प्रतियोगीहरुको फोटोजेनिक सबटाईटलका लागि फोटोसुट सम्पन्न भैसकेको छ। मिस एव मिस्टर प्लस टु स्टार का बिजेताले अस्ट्रेलियामा पढ्न जान पाउने आयोजक सोनिया जि.आर ले जानकारी दिएका छिन्। प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भाद्र २३ गते राजधानीमा सम्पन्न हुने र उक्त प्रतियोगिता सँगै आनन्द कार्की एकल साँझ २०७५ पनि आयोजना हुने जानकारि आयोजकले दियका छन्।

SUBSCRIBE 👉