आशिष र अदितीलाई ‘मोडल हन्ट नेपाल’को उपाधि


काठमाडौं । मोडल हन्ट नेपाल २०१८’को उपाधि आशिष के.सी. र अदीति अधिकारीले जितेका छन् । शुक्रबार साँझ काठमाडौस्थित होटल सोल्टीको मेघा मल्हार प्रेक्षालयमा आयोजित कार्यक्रममा ३१ प्रतियोगीलाई पछि पार्दै आशिष पुरुष तर्फको उपाधि बिजेता बन्दा अदीतिले २४ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि हात पारिन् ।

साजसज्जा सहित भब्य रुपमा निर्माण गरिएको रनवेमा फेसनमय बाताबरण सहित आयोजना भएको प्रतियोगीताका बिजेता दुबैले नगद पुरस्कार रु ५० हजार प्राप्त गर्नु गरे । यी दुबै मध्य आशिषले मिष्टर ओशियन तथा अदीतिले सुपर मोडल अन्तराष्ट्रिय सौदर्य प्रतियोगीतामा नेपालको प्रतिनिधित्व गर्नुको अलवा कोरियामा संचालन हुने एलबिएमए अवार्डमा समेत भाग लिने नेपाली प्रतिनिधि बन्ने छन् ।  प्रतियोगीतामा आशिष र अदीतिले कमर्सियल मोडलको अवार्ड जित्न पनि सफल भए । नेपालकै सर्वाधिक चर्चित र स्तरीय मोडल प्रतियोगिताको रुपमा स्थापित मोडल हन्ट नेपालको यो चौथौं संस्करण हो ।

प्रतियोगीतामा सुरज राजोपाध्याय र रुबिस्का श्रेष्ठ फस्ट रनर अप, मुनिर अहमद र हेलि गुरुङ सेकेन्ड रनर अप तथा आदर्श ज्ञवाली र सन्नी महर्जन थर्ड रनर अप विजेता घोषित भए । रनर अप विजेता सुरज र रुबिस्काले नगद पुरस्कार ३० हजार, मुनिर र हेलिले २० तथा आदर्श र सन्नीले रु १५ हजार प्राप्त गरे ।

आईसी स्कूल अफ आर्ट एण्ड फेसनका विद्यार्थी डिजाइनरहरुको विविधता युक्त सुन्दर, आकर्षक र मनमोहक पहिरनमा सजिएका सहभागिहरुको प्रस्तुति व्यवसायिक मोडलहरुको भन्दा कमको थिएन ।  निर्णायक मण्डलमा फेसन तथा कमर्सियल फोटोग्राफर राजभाई सुवाल, आईसी ग्रुप अफ कम्पनीज्का प्रबन्ध निर्देशक शैलजा अधिकारी, कहलिएका फेसन डिजाइनर विश्व गौतम, कोरियोग्राफर एवं मिडिया पर्सनालिटी माल्भिका सुब्बा तथा अभिनेत्री एवं मोडल पारामिता आर एल राणा रहेका थिए ।

प्रतियोगितामा विशाल गिरी र किरण चन्द पर्सनालिटी, आदर्श ज्ञवाली र हेलि गुरुङ क्रमशः फिजिक र फिगर, सफल जंग शाह र रुबिस्का श्रेष्ठ फोटोजेनिक, पोशन शर्मा र भावना बन्जारा वेष्ट वाक अवार्डमा विजेत चयन भएका थिए ।  त्यसैगरी सम्राट चौरेल र रितु अधिकारी पपुलर, विशाल गिरी र रहिमा लामिछाने पब्लिक च्वाइस, सुजन थापा र रितिका शर्मा स्टाइलिस तथा सफल जंग शाह र सन्नी महर्जन सोशियली रेस्पोन्सिबल विधातर्फ विजेता बन्न सफल रहे ।

SUBSCRIBE 👉