आज भोलि भन्दा भन्दै… मेलिना राईको नयाँ गीत


गायिका मेलिना राईको स्वर रहेको गीतको नयाँ भिडियो सार्बजनिक गरिएको छ। भिडियोमा गीता राइ, इशक राइ र फियोना राइको अभिनय छ। ‘आज भोलि भन्दा भन्दै’ बोलको गीतमा राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) को शब्द र रोशन बान्तवाको संगीत सुन्न सकिन्छ। जनक दीप पराजुलीले निर्देशन गरेको भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने भिडियोलाइ ध्रुबराज पराजुलीले सम्पादन गरेका हुन्। – भिडियो हेर्नुहोस्

बिगत दुइ दशक देखि हङकङ बसेर नेपाली कला संस्कृति तथा नेपाली चलचित्रलाइ प्रबर्धन र प्रोमोसनमालागि रहेका गीतकार राइ लोहोरुङ्ग लाम्सोंग (राजु राइ) ले थुप्रै गीतहरु लेखिसकेका छन् साथै भाषा भाषिका गीत पनि रचना गरेका छन्। उनि हङकङमा हुने विभिन्न सांगीतिक कार्यक्रम तथा नेपाली चलचित्र प्रदर्शनीमा सक्रिय छन्।

द युथ क्लब हङकङको अध्यक्ष, इटहरी मंच हङकङको अध्यक्ष, राई ययोख्खा हङकङको केन्द्रिय सदस्य तथा चलचित्र एसोसिएसन हङकङ को अध्यक्ष रहेका राइ नेपाली कला र चलचित्र क्षेत्रको प्रबर्धन र विकासको लागि निरन्तर लागि परेका छन् भबिस्यमा अन्य थुप्रै कृतिहरु सार्बजनिक गर्ने उनको लक्ष्य रहेको छ।

SUBSCRIBE 👉