४ वर्षीय छोराकि आमालाई मिस… सुन्दरीको उपाधि


सुन्दरी बन्ने चाहना कुनचाहिँ युवतीमा नहोला र ? अझ देशकै नाम जोडेर आयोजना हुने सुन्दरी प्रतियोगितामा सहभागी हुन पाउनु नै गौरवको विषय हुन्छ भने उपाधि जित्नु त अझ प्रतिष्ठाको विषय हुने गरेको छ। देशकै नाम जोडेर संचालन गरिएको मिस युक्रेनमा सहभागी एक युवतीले उपाधि जिते पनि उनी एक सन्तानकी आमा भएको रहस्योद्घाटन भएपछि उनको उपाधि खोसिएको छ। २३ वर्षीया भेरोनिका ड्युसेन्कोले किभमा सम्पन्न मिस युक्रेनको उपाधि जितेकी थिइन्।

प्रतियोगितामा सहभागी हुने फर्ममा विवाह र सन्तानका विषयमा कुनै कुरा उल्लेख नगरेकी भेरोनिकाका एक ४ वर्षीय छोरा रहेको र श्रीमान्सँग अलग भएको कुरा आयोजकले पछि मात्र थाहा पाएका थिए। यो उपाधि जित्ने सुन्दरी आगामी डिसेम्बरमा चीनमा सञ्चालन हुने मिस युनिभर्समा सहभागी हुन गैरहेकी थिइन् भने आयोजकहरूले अब त्यसमा फस्ट रनर्सअपलाई सहभागी गर्ने जनाएका छन्। यस्तै किसिमको घटना सन् २०१३ मा मिस ग्रेट ब्रिटेन आयोजना हुँदा पनि भएको थियो।

SUBSCRIBE 👉