ट्यालेन्ट शोमा मिस एभिएसन क्विनका प्रतिस्पर्धिहरु


एयर होस्टेसको प्रशिक्षण लिइरहेका तथा प्रशिक्षण लिइसकेका २० जना सुन्दरीहरुले भैरहवा पुगेर आफ्नो प्रतिभा प्रस्तुत गरेका छन्। मिस एभिएसन क्विन–२०१८ का प्रतिस्पर्धिहरुले भैरहवास्थित टाइर प्यालेस रिसोर्टमा आयोजित ट्यालेन्ट शोको क्रममा आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन्।

ट्यालेन्ट शोको क्रममा अधिकांश सहभागिले नृत्य, गायनसहितका प्रतिभा प्रस्तुत गरेका हुन्। नेपाली चलचित्रका गीतहरुमा नृत्य गर्नुका साथै केहीले गायन तथा वक्तित्व कलासहितका प्रतिभा प्रस्तुत गरेका थिए। प्रतियोगिहरुमध्ये एञ्जिला शेर्पा, कृति खत्री, रीया भारती, एलिशा चौलागाईं, सची पौडेल, सुमी पोर्टेल, छुनु सेन्चुरी, दिपिका पाठक, श्रेया सिंह ठकुरी तथा नेहा चौधरीले आकर्षक नृत्य प्रस्तुत गरे। अनिशा न्यौपाने, बबिना अर्जेल, पुनम लिम्बु तथा आचल खड्काले गायन कला प्रस्तुत गरे। त्यसैगरी दिक्षा चौधरी तथा कविता घलेले वक्तित्व कला प्रस्तुत गरे भने एन्जिमा शेर्पा तथा लक्ष्मी तामाङले गजल प्रस्तुत गरे। एक मात्र प्रतियोगि रीजा उदयले भने मेकअपमार्फत आफ्नो कला प्रस्तुत गरेकी थिइन्।

बुटबल नगरपालिकाका मेयर शिवराज सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट शोमा अभिनेताद्वय रोहित रुम्बा तथा गोपाल ढकाल छन्देसहित ब्रेट मोडल, वसन्त श्रेष्ठ, विष्णु ढकाल तथा विष्णु थापा निर्णायकको रुपमा रहेका थिए। यो प्रतियोगिताटच ईन्टरटेन्मेन्ट तथा स्पर्श फिल्मसले साहारा ईन्टरनेशनल एयरहोस्टेस एकेडेमीसंगको सहकार्यमा आयोजना गर्न लागेको हो।

प्रतियोगिताको ग्राण्ड फिनाले यही कात्तिक १७ गते शनिवार थापाथली, काठमाडौंस्थित मुड्स लाउञ्जमा सम्पन्न हुदैछ। प्रतियोगिताका विजेताले आन्तरिक उडानतर्फको एयरलाइन्समा काम गर्ने मौका पाउनुका साथै अन्य विभिन्न उपहारहरु प्राप्त गर्नेछन्। अभिनेता एसराज गराचले यो प्रतियोगितामा कोरियोग्राफी गरिरहेका छन्।

SUBSCRIBE 👉