हिन्दी भर्सनमा फिल्म ‘प्रेमलीला’को गीत ‘जाने क्या हुवा ए’


अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको नेपाली फिल्म ‘प्रेमलीला’मा शमाबेश गरिएको हिन्दी भर्सनको गीत ‘जाने क्या हुवा ए’ रिलिज गरिएको छ। यो गीतमा फिल्मका मुख्य कलाकार नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानलाई फिचर्ड गरिएको छ। यसअघी फिल्मको फर्स्ट लुक सार्वजनिक भइसकेको छ।

डाक्टर सागरको शब्द , रवि राज शाहको संगीत तथा राजा हसन र सौमी शैलेशले आवाज सुन्न सकिने गीतको भिडियोमा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ।

फिल्ममा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन्। नायिका खड्का कै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन्। फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी छ। सुनिल मानन्धरले वितरण गर्न लागेको फिल्म माघ २५ बाट देशभर रिलिज हुँदैछ।

SUBSCRIBE 👉