नेपालगञ्जकी आशीना बनिन् मिस एसएलसी


Miss SLC 2014ग्ल्यामर नेपाल, काठमाडौं। बन्दना कला केन्द्रले राजधानीमा आयोजना गरेको ‘सिटिभी मोबाइल मिस एसएलसी २०१४’ को शीर्ष उपाधि नेपालगञ्ज खजुराकी १६ वर्षीया आशीना बरालले चुमेकी छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा शनिवार आयोजित फाइनल प्रतियोगितामा उनले सोह्र प्रतिष्पर्धीलाई पछि पार्दै शीर्ष ताज शीरमा लाउन पाएकी हुन्।

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

प्रतियोगितामा स्नेहा केसी फस्ट र मेरी थापा मगर तथा सुजता कार्की संयुक्त रुपमा सेकेण्ड रनरअप बने। उनीहरुले आकर्षक गिफ्ट ह्याम्पर तथा विभिन्न कलेजमा छात्रवृत्ति पनि पाएका थिए। विधागत अवार्डतर्फ मोनीका लामाले फोटोजेनीक, सिम्रन श्रेष्ठले वेष्ट वाक, समिक्षा श्रेष्ठले वेस्ट स्माइल, एलीना गुरुङले भ्युअर च्वाइस, आयुष्ना गिरीले पपुलर, ताजोल थापा मगरले मिस ट्यालेन्ट, सुजता कार्कीले डिस्टीङसन, दिक्षीता श्रेष्ठले पङचुआलीटी, डोल्मो घलानले फ्रेन्डसीप, अश्मीता केसीले डिसीप्लिन, आरती घिसिङले वेस्ट स्पीच, एलीसा राईले वेस्ट हेयर, जस्मीन लामाले वेस्ट ड्रेसको उपाधि जिते।

किराँत विन्द्रको कोरियोग्राफी रहेको प्रतियोगिताको प्रमुख निर्णायकमा टोनी शर्मा रहेका थिए भने अन्य निर्णायकमा डा. नवल पजियार, समा श्रेष्ठ, पाल्देन शेर्पा र सेवक गौतम रहेका थिए। सौन्दर्यसँगै व्यक्तित्व विकास र छात्रवृति पनि प्रदान गरिने प्रतियोगिताको यो तेस्रो संस्करण हो । यस अघि विनिता चन्द र ओशीन रायमाझीले शीर्ष उपाधि चुमिसकेका छन्।

कार्यक्रम को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉