भीषणको सांगीतिक चन्द्रमुखी


bhisan

ग्ल्यामर नेपाल, काठमाडौं। गायक भीषण मुकारुङले आफ्नो चौथो सांगीतिक एल्बम ‘चन्द्रमुखी’ श्रोतामाझ ल्याएका छन्। आधुनिक, पप, लोक फ्लेबरको एल्बमको वरिष्ठ संगीतकार अम्बर गुरुङले सार्वजनिक गरे।

वसन्त थाम्सुहाङ, जीवन मुकारुङ, नवीन दाहाल, कुमार विवाहित, जाङबु शेर्पा, प्रभा आचार्य, शुभ मुकारुङ, कुल रुङमाङ र दिनेश वान्तवाको शब्द रहेको एल्बममा पारस मुकारुङ, भीषण, महेश खड्का, सुरेश अधिकारी, वसन्त सापकोटा, बलराम समाल र दिनेश वान्तवाले संगीत दिएका छन्।

एल्बममा ‘ए चन्द्रमुखी’, ‘विनायोमा’, ‘अँधेरीमा जुन फुल्दा’, ‘तिमीलाई देखे’, ‘भुलेर तिमीलाई’, ‘आँखामा आँखा’, ‘कोही उदास’, ‘पिरतीको डोरी’ र ‘हामीले नगरे’ गरी ९ गीत छन्।

SUBSCRIBE 👉