विभिन्न उमेर समूहको सौन्दर्य प्रतियोगिता तथा फेसन शोको कोरियोग्राफीमा डेढ दशक भन्दा लामो समय सक्रियताका साथ निरन्तरता दिई राखेका फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट २०१९’का लागि अफिसियल कोरियोग्राफरका रुपमा नियुक्त भएका छन्। प्रतियोगिता ई प्लानेट प्रा.लि.को ब्यानरमा संचालन हुन लागेको हो।
आगामी फेब्रअरी १२ देखि १७ तारिखसम्म सिंगापुरमा संचालन हुने यो प्रतियोगिता अन्तर्गत ‘मिस तथा मिसेस् हेरिटेज इन्टरनेसनल २०१९’ को विजेता छनौट हुनेछ। यसअघि यो प्रतियोगिताको पहिलो संस्करण नेपालमा, दोस्रो संस्करण भारत तथा तेस्रो संस्करण श्रीलंकामा सफलताका साथ सम्पन्न भएको थियो। अघिल्लो तीन वटै संस्करणमा पनि रोजिन शाक्य नै कोरियोग्राफर रहेका थिए।
अन्तर्राष्ट्रिय मंचमै सिंगापुरस्थित होटल भिलेज चाङ्गीमा सम्पन्न भएको पहिलो ‘मिस मर्मेड सिंगापुर २०१६’ मा पनि रोजिन शाक्यले नै कोरियोग्राफि गरेका थिए।
फेसन कोरियोग्राफी बाहेक नेपाल भाषाको समाचार वाचन, फेसन पत्रकारिता, मंचीय कार्यक्रमको उद्घोषण, फेसन तथा टुरिजम एण्ड हस्पिटालिटी कलेज अध्यापन, पर्सनालिटी ग्रुमिङ, डकुमेन्ट्रि स्क्रिप्ट तथा प्रपोजल लेखन, भ्वाइस ओभर, इभेन्ट म्यानेज्मेन्ट लगायतका क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्दै आएका रोजिन शाक्य वर्ष २०१८को अप्रिल ७ मा मलेसियाको क्वालालम्पुरमा भएको ‘द इन्टरनेसनल प्रिस्टिज् ब्रान्ड अर्वाड’ समारोहमा ‘वेष्ट आन्टरप्रिनर’ विधा अन्तर्गत अन्तर्राष्ट्रिय पुरस्कार ‘वेष्ट आन्टरप्रिनर इन मल्टि टास्क पर्सनालिटी’ अवार्डबाट सम्मानीत भएका थिए।
यस विधामा अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुने रोजिन पहिलो नेपाली हुन् उनलाई यस पुरस्कारका लागि नेपालस्थित ई प्लानेट प्रा.लि.ले मनोनीत गरेको हो। सम्बन्धीत विधामा रोजिनले हासिल गरेको उपलब्धि, पु¥याएको महत्वपूर्ण योगदान र निरन्तरताको उच्च मुल्यांकन गर्दै उल्लेखीत अवार्डबाट रोजिनलाई सम्मानीत गरेको हो।
एशिया एक्सिलेन्स आन्टरप्रिनर फेडरेसनले वार्षिक रुपमा आयोजना गर्दै आएको यो अवार्ड समारोहले विश्वका ट्यालेन्ट भएका, आफ्नो क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरेका विश्व चर्चित व्यक्तित्वहरुको योगदान र उपलब्धीको कदर गर्दै यो अवार्ड प्रदान गर्ने गरेको छ।
डेढ दशक भन्दा लामो समयको निरन्तरतामा आफूलाई परिष्कृत, परिमार्जित र परिपक्व बनाउँदै आएका नेपाली फेसन मोडलिङ र सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्न सफल फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य राष्ट्रिय स्तरमा मात्र सीमित नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि आफूलाई अघि बढाउँदै आएका छन्। नृत्य, अभिनय, उद्घोषण, टेलिभिजन कार्यक्रम निर्माण विधाको अनुभव पनि संगालेका रोजिनले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा सहभागि हुने नेपाली प्रतिनिधिहरुलाई ग्रुमिङ गराउने समेत गर्दै आएका छन्।