सिंगापुरमा इप्लानेटको ‘हेरिटेज पेजेन्टस् २०१९’


Hla Yin Kyae from Myanmar, winner of Miss Heritage international 2014.

सौन्दर्य प्रतियोगिता मार्फत् युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभीन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि प्रारम्भ भएको ‘हेरिटेज पेजेन्टस्’ को २०१९ का लागी नयाँ संस्करणको तयारी अगाडि बढेको छ। यस प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ।

यस पटकको आयोजना सिंगापुरको अंकल रिंगो काइन्डनेस कार्निभलमा आउँदो फेब्रअरी १० देखि १७ सम्म संचालन हुने भएको छ। प्रतियोगिताको फाइनल प्रतिस्पर्धा फेब्रअरी १६ मा सम्पन्न हुनेछ। यस पटकको हेरिटेज् पेजेन्टस् २०१९ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०१९ को उपाधि लागि प्रतिस्पर्धा हुनेछ।

विश्वका ३० मुलुकका चालीस प्रतिस्पर्धीहरु प्रतियोगितामा सहभागि हुनेछन्। इप्लानेट प्रा.लि. आयोजनामा संचालन हुने यस पटकको आयोजनामा सिंगापुर सरकार, सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, सिंगापुर तथा मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहने कुरा आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले जनाएका छन्। सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन हुने यो प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी तथा फेशन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफि रहनेछ भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि कोरियोग्राफीमा सहकार्य रहनेछ।

ईप्लानेट र हेरिटेज प्याजेन्ट्स
सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगत्मा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लि. सिंगापुरको अर्किड कन्ट्रि क्लबमा आयोजित विशेष समारोहमा एसिया प्यासिफीक प्रेस्टिजियस विजनेस व्राण्ड अवार्डबाट सम्मानित संस्था हो।

ईप्लानेटले राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा विभिन्न सौन्दर्य प्रतियोगिताहरु सफलतापूर्वक आयोजना गर्दै आएको छ। जसमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेशनल नेपाल, मिस इन्टरनेसनल नेपाल र मिसेस् नेपाल प्रमुख रहेका छन्। एउटै मंचमा चार वटा विभिन्न शीर्षक अन्तर्गतका प्रतियोगितात्मक कार्यक्रमहरुको प्रस्तुति देखि मुलुकमै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सफल इप्लानेट नेपाल मिस नेपाल युएसए प्रतियोगिताको सह आयोजक समेत रहेको छ।

इप्लानेट नेपाल मार्फत् मिसेस् युनिभर्स २०१३ र २०१४, मिसेस् ग्लोब २०१३ र २०१४, चिल्ड्रेन अफ द युनिभर्स २०१३, लिटिल मिस युनिभर्स २०१४, मिस इन्टरकन्टिनेन्टल २०१३, मिस टिन एसिया प्यासिफ २०१४ मा नेपालको तर्फबाट सफल प्रतिनिधित्व उपलब्धि हासिल गरेको छ। जसमा चिल्ड्रेन अफ द युनिभर्स २०१३मा रोजा पाण्डे र लिटिल मिस युनिभर्स २०१४ मा दृष्टि दाहालले मुख्य उपाधि जित्न सफल भएका थिए। सौन्दर्य प्रतियोगिताको आयोजना र व्यवस्थापन बाहेक इप्लानेट नेपालले सांगीतिक कार्यक्रम, सभा सम्मेलन, प्रदशर्नी एवं कर्पोरेट इभेन्टहरुको सफल व्यवस्थापन गर्दै आएको छ।

यस अघि ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ईप्लानेटको आयोजनामा नेपालमै पहिलो पटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ सफलता पूर्वक सम्पन्न भएको थियो। स्वदेशमै पहिलो पटक आयोजना गरिएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिता रहेको थियो। प्रतियोगितामा म्यानमारकी २७ वर्षिया ह्ला यिन काईले ‘मिस हेरिटेज इन्टरनेसल २०१४’ को ताज पहिरन सफल भएकी थिइन्। नेपालकी नानी थापाले भने इन्भायोरोमेन्टल एम्बेसेडर अवार्ड जितेकी थिइन्।

मिस हेरिटेज इन्टरनेशनल’ को २०१५ को संस्करण भने डिसेम्बर १२ तारिखमा भारतको नयाँ दिल्ली स्थित अशोका कन्ट्री रिसोर्टमा सम्पन्न भएको थियो। मिस हेरिटेज इन्टरनेसल २०१५ को उपाधिको ताज भियतनामकी भिक्टोरिया फामले पहिरिएकी थिइन्। प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएकी निशा पाठकले थर्ड रनर अपको उपाधि जित्न सफल भएकी थिइन्। निशाले प्रतियोगितामा इन्भायोरोमेन्टल एम्बेसडर सहित वेष्ट इन्भायोरोमेन्टल ड्रेसको अवार्ड पनि जित्न सफल भइन्। सोहि वर्षदेखि थालनी गरिएको मिसेस् तर्फको प्रतियोगितामा नेपालकी रजनी थापा मिसेस् हेरिटेज इन्टरनेसल २०१५ को ताज पहिरिन सफल भइन्।

प्रतियोगिताको तेस्रो संस्करण श्रीलंका स्थित बेरुवाला समुद्रितट नजिकै वर्ष २०१६ को डिसेम्बर ९ मा सम्पन्न भएको थियो। प्रतियोगितामा ट्रिनिडाड एण्ड टोबागोका जेनिली थोङ मिस हेरिटेज, जिम्बेबावेकी हिलारी मकाया मिस टिन हेरिटेज तथा म्यानमारकी जेड पेडल मिसेस् हेरिटेज इन्टरनेसनल २०१६ का विजेताका रुपमा चयन भएका थिए। तेस्रो संस्करणमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने आश्रा कुँवरले मिस तर्फ पिस एम्बेसडर तथा सृजना पुनले मिस टिन तर्फ टुरिजम एम्बेसडरको अवार्ड जित्न सफल भएका थिय। प्रतिस्पर्धामा आश्राले इन्भारोमेन्टल एम्बेसडर अवार्डतर्फ सिल्भर मेडल पनि हात पारेकी थिइन् भने सृजना पूनले आफ्नो उमेर समूह अन्तर्गत कल्चरल ड्रेस तथा इन्भाइरोमेन्टल ड्रेस तर्फ क्रमशः सिल्भर तथा ब्रोन्ज मेडल जितेकी थिइन्।

मिसेस् समूह तर्फ सहभागिता जनाएकी मन्जु बन्जारा ढकालले भने आफ्नो उमेर समूह अन्तर्गतको इन्भारोमेन्ट र टुरिजम ड्रेस तर्फ गोल्ड मेडलमा सफलता हात पारिन। यसै गरी मन्जुले इन्भाइरोमेन्टल एम्बेसडर तर्फ सिल्भर तथा वेष्ट टुरिजम भिडियो र कल्चरल एम्बेसडर तर्फ ब्रोन्ज मेडलमा आफ्नो नाम दर्ता गरिन्।

SUBSCRIBE 👉