गीतकार प्रहरी उपरीक्षकको सांगीतिक पर्खाइ


parkhai-1

ग्ल्यामर नेपाल । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा गीतकार भरतबाबु केसीले श्रोतामाझ सांगीतिक एल्बम ‘पर्खाइ’ ल्याएका छन्। एल्बम तथा एल्बममा रहेको गीति भिडियोको पूर्वी मोरङको विराटचोकमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ।

गीतकार के.सीको एकल रचना र साजन राईको एकल स्वर तथा संगीत रहेको गीति एल्बमको पूर्वाञ्चलका सफल यूवा व्यवसायी भोलेश्वर दुलाललगायतले गत सोमबार विमोचन गरेका थिए। विराटनगरलाई आफ्नो कार्यथलो बनाउदै आएका गायक तथा संगीतकार राईले एल्वममा समेटिएको तीन वटा गीत गाएका थिए। एल्वममा रहेको दुईवटा गीतको म्यूजिक भिडियोको पनि प्रिमियर गरिएको थियो । दुवै म्युजिक भिडियोको निर्देशन समन अधिकारीले गरेका हुन्। म्यूजिक भिडियोमा क्रमशः गजित बिष्ट, रीमा बि.क., सुप्रिया कटवाल, पल शाह, युवराज निरौला र बर्षा के.सीले अभिनय गरेका छन्।

parkhai-2रेस्क्यू क्रियशनले पहिलो पटक एल्बमको बजार ब्यवस्थापन गर्दैछ। गीति एल्वममा एउटा पुरानो चर्चित गीतलाई रिमेक गरिएको छ। २०४३ सालमा पहिलो पटक रेडियो नेपालमा गायक सीताराम ताजपुरीयाको आवाज तथा ईन्द्र नेउपानेको शब्द संगीत रहेको ‘छिटको साडी चौबन्दी चोलीमा . . .’लाई रि–रेकर्ड गरी एल्वमका राखिएको छ।

SUBSCRIBE 👉