हेरिटेज पेजेन्टस् २०१९ मा टिम नेपाललाई उपलब्धी


फेब्रुअरी १६ मा सिंगापुरको ब्युटी वल्र्ड स्थित अंकल रिंगो काइन्डनेस कार्निभलमा संचालन भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता हेरिटेज् पेजेन्टस् २०१९ को ग्राण्ड फिनालेमा नेपाली सहभागिहरुलाई महत्वपूर्ण उपाधिमा सफलता प्राप्त भएको छ।

प्रतियोगिता अन्तर्गत मिस हेरिटेज इन्टरनेसनल तर्फ नेपालकी अदिति श्रेष्ठले मिस फोटोजेनिक अवार्ड सहित फोर्थ रनर अपको उपाधि जित्न सफल भएकी छिन्। त्यसैगरी मिसेस् हेरिटेज इन्टरनेसनल तर्फ नेपालकी प्रतिस्पर्धी दुर्गा विसुराल सेकेन्ड रनर अप उपाधिको हकदार बनेकी छिन्। प्रतियोगितामा दुर्गाले मिसेस् पिस ड्रेस, पिस एम्बेसडर तर्फ सेकेन्ड रनर अप तथा मिसेस् एथ्निक तर्फ फस्ट रनर अपको अवार्ड जित्न सफल भएकी थिइन्।

ई प्लानेट प्रा.लि.को आयोजनामा संचालन भएको सो प्रतियोगितामा मिस तर्फ सेन्ट्रल एशियाकी गुल्बानो माडियारोभा र मिसेस् तर्फ भारतकी विद्या घाराले शीर्ष उपाधिको ताज पहिरिन सफल भएकी थिइन्।

सिंगापुर काइन्डनेस मुभमेन्ट, अंकल रिंगो काइन्डनेसन कार्निभल, मलेसिया स्थित कलाइमनि केयर्सको सहकार्य रहेको सो प्रतियोगिता सिंगापुरका सुसान सान्फुर्मी कोहको संयोजनामा संचालन भएको थियो। प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहेका थिए।

SUBSCRIBE 👉