‘सस्तो रिबन’मा किरण र सुष्माको रोमान्स


sushma-adhikari-kissed-to-kiran-lakaulग्ल्यामर नेपाल, काठमाडौं । गायक तथा संगीतकार शिवराज गुरुङको ‘सस्तो रिबन’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपक विष्टको निर्देशन र सम्पादनमा बनेको उक्त म्युजिक भिडियोका छाँयाकार नविन गुरुङ हुन्।

मोडल किरण लाकौल र नायिका सुष्मा अधिकारीको अभिनय रहेको यस म्युजिक भिडियोलाई डीएनएस इन्टरटेनमेन्टले निर्माण गरेको हो। एसियन म्युजिकले बजार व्यवस्थापन गरेको यस म्युजिक भिडियो भर्खरै मात्र युट्युब लगायतका सामाजिक सञ्जालहरुमा सार्वजानिक भएको छ। सामाजिक सञ्जालमा लोकप्रिय बनिरहेको यस म्युजिक भिडियो पछिल्लो समय आफ्नो निकै नै आशालाग्दो भिडियो बनेको मोडल किरणले बताए।

यस्तै निर्देशक तथा सम्पादक विष्टले आफ्नो करियार मै यो उत्कृष्ट भिडियो बनेको दाबी गरे। गायक शिवराज गुरुंङले छिट्टै नै भिसिडी एल्बम बजारमा ल्याउने जानकारी दिए।
sushma-adhikari-video-image

SUBSCRIBE 👉