मापसेको कार्यक्रममा डिआईजी


mapase-audio-album-releasingग्ल्यामर नेपाल, काठमाडौं । कसैले मापसे भन्ने बित्तिकै पहिला दिमागमा ट्राफिक प्रहरीकै सम्झना आउँछ। बाटोमा पर्ने चेकिङकै डरका कारण पनि अहिले अधिकांशले मापसे गरेर सवारीसाधन कुदाउन छोडेका छन्। राजधानीको अनामनगरमा शुक्रबार भने एउटा अनौठो दृश्य देखियो। मापसेको कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख केशव अधिकारी स्वयं उपस्थित भएका थिए। तर त्यो मापसे कार्यक्रम भने ‘मादक पदार्थ सेवन’को कार्यक्रम थिएन, थियो त केबल ‘मा.प.से.’ एल्बम विमोचन।

गायक अर्जुन कौशलले मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन आग्रह गर्दै निकालेको चेतनामूलक गीति एल्बमको विमोचन गर्न डिआईजी आफै आएका थिए। मापसेविरुद्ध ट्राफिकले चालेको अभियानले राजधानीमा सडक दुर्घटनाका घटना कम भइरहेको अवस्थामा त्यही चेतना बाड्न आफु आएको डिआईजीले बताए।

रेन्बो म्युजिक मुभी प्रा.लि.ले बजारमा ल्याएको एल्बमको एक मात्र यो गीतमा सूर्यबहादुर मगरको शब्द र गायक कौशलकै संगीत छ । कार्यक्रममा गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । अर्जुन पोखरेलले निर्देशन गरेको भिडियोमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री सुष्मा अधिकारीको अभिनय रहेको छ । कार्यक्रममा एल्बमसँग सम्बन्धित र अन्य विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
shivahari-poudel-kiran-kc-sushma-adhikari

SUBSCRIBE 👉