अभिनेत्री करिश्मा मानन्धर ‘बी प्लस’ ग्रेड [तीन जीपीए सहित] एसईई उत्तीर्ण


२०७५ सालका एसइइ परीक्षामा ‘बी प्लस’ ग्रेडसहित उत्तिर्ण भएकी अभिनेतृ करिश्मा मानन्धरले नतिजाबाट आफु निकै खुशी भएको प्रतिक्रिया दिएकी छन्। बिहीबार सार्वजनिक २०७५ सालको एसइइ परीक्षाका नतिजाअनुसार मानन्धर ‘बी प्लस’ ग्रेड सहित उत्तिर्ण भएकी हुन्।

करिश्मा मानन्धरको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

नतिजा सार्वजनिक भएपछि अभिनेतृ मानन्धरले भनिन्, ‘यो रिजल्टबाट म एकदमै खुशी छु। अब व्यवस्थापन पढ्छु ।’ विद्यालय तहको अध्ययन बिचैमा छाडेर अभिनय यात्रामा निस्केकी अभिनेतृ मानन्धरले तीन दशक लामो समयपछि विद्यालय तहको अध्ययन सुरु गरेकी थिइन्।

SUBSCRIBE 👉