लक्षणाको सांगीतिक लक्षणा


Lakshyana-2

ग्ल्यामर नेपाल, काठमाडौं । अमेरिकाको न्यूर्योक युनिभर्सिटीमा इञ्जिनियरिङ विषयमा अध्ययनरत लक्षणा केसीले ‘लक्षणा’ नामक डेब्यु एल्बम श्रोतामाझ ल्याएकी छन्। एल्बमको सोमबार राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाललगायतले विमोचन गरे।

कार्यक्रममा लक्षणाले सानैदेखि संगीत प्रति रुचि रहे पनि कलेजमा आइपुगेर आफ्नो चाहनालाई पुरा गरेको बताईन्। ‘मैले खासै संगीत सम्बन्धी प्रशिक्षण पनि लिएको छैन,’उनले भनिन्,‘आफुले बुझेर, जानेर अनि संगीतकारको लयलाई पक्रेर गीत गाउन थालेकी हुँ।’

उनको एल्बममा ‘कसरी’, ‘बिरानो’, ‘मान्छे नै’, ‘भनी दिन्छु’ र ‘हेरान झुल्यो’ बोलका गीत छन्। गीतमा डा. कृष्णहरि बराल, सन्तोष थपलिया र दुर्गालाल श्रेष्ठको शब्द तथा बसन्त सापकोटा, न्यू बज्राचाई, गैरे सुरेश र अर्जुन पोखरेलको संगीत रहेको छ। कार्यक्रममा प्रदिप निरौलाद्वारा निर्देशित दुई म्युजिक भिडियो देखाइएको थिय। भिडियोमा नायिका सञ्चिता लुँइटेल, दीपशिखा शाही र नायक एशराजलगायतको अभिनय रहेको छ।

विमोचन कार्यक्रमको ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉