कोरोना’ भनेर चिच्याउँदा ५५ को दिनको जेल सजाँय


‘कोरोना, कोरोना’ भनेर चिच्याउँदै सिंगापुर स्थित एक होटलको भुइँमा थुक्ने भारतीय मूलका एक पक्राउ परेका छन्। जसविन्दर मेहर सिंह नामका ती व्यक्ति होटल चांगाइ एयरपोर्टको भुइँमा थुक्दै ‘कोरोना कोरोना’ भन्दै चिच्याएका थिए। उनलाई दुई महिनाको लागि जेल सजाय दिइएको छ।

मिडियाका अनुसार ५२ वर्षीय ती व्यक्तिलाई सार्वजनिक रुपमा होहल्ला गर्ने र गलत हल्ला फैलाएको आरोप लगाइएको छ। उनले वेटरको आग्रह समेत अस्वीकार गर्दै चिच्याउँदै भुइँमा थुकेको बताइएको छ। होटलका वेटरले रेस्टुरेण्ट बन्द भइसकेको जानकारी दिइसकेपछि यस्तो हर्कत गर्न थालेका हुन्। उनले अब कम्तिमा ५५ दिनको जेल सजाँय भोग्नुपर्नेछ।

SUBSCRIBE 👉