पोखरामा खिचिएको हिन्दि गीतमा रिस्ता बस्नेत र मञ्जुल खट्टर


अभिनेत्री रिस्ता बस्नेत हिन्दि गीतको भिडियोमा देखिएकी छिन्। भारतको ‘जी म्युजिक’ युट्युब च्यानल मार्फत रिलिज गरिएको ‘साथीया तेरे बिना’ बोलरहेको गीतको भिडियो पोखराका विभिन्न मनोरम दृश्यमा छायांकन गरिएको हो। नेपाली प्राविधिक प्रयोग गरेर तयार गरिएको यो भिडियोमा नेपालको सुन्दरता देख्न सकिन्छ। रिस्तालाई यो भिडियोमा पछिल्लो समय टिकटक हुँदै म्युजिक भिडियो देखिएका मोडल मञ्जुल खट्टरले साथ् दिएका छन्।

गीतमा कार्तिक र ज्योतिकाको स्वर रहेको छ। गीतमा शब्द सञ्जीव पाण्डेको छ भने संगीत पुनित पाण्डेले दिएका छन्। सम्राट शाक्यले निर्देशन गरेको हिन्दी भाषाको गीतलाई टिकम शर्माले निर्माण गरेका हुन्।

फिल्म ‘यात्रा’ मार्फत निर्देशनमा आएका सम्राटको यो पहिलो भिडियो निर्देशन हो। भिडियोमा पुरुषोत्तम प्रधानको छायांकन, कमल राईको नृत्य निर्देशन, अर्जुन जीसीको सम्पादन, रेनिश फागोको कलर करेक्सन, वसन्त घर्तीमगरको भीएफएफ्क्स, यादव पौडेलको प्रोडक्सन र सुरेश न्यौपानेले सहायक निर्देशन गरेका छन्।

SUBSCRIBE 👉