
Miss Rai 2070 Winers
ग्ल्यामर नेपाल, काठमाडौँ। प्रमुख निर्णायक किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष यशोदा राईले चिन्डोको (वाबुक) महत्व बारेमा सोधेको प्रश्नमा गतिलो जवाफ दिएर मोरंग उर्लाबारीकी २१ वर्षीय सोनी राई यस वर्षको वराह ज्वेलरी मिस राई २०७० घोषित भईन्। उनले जन्म देखी मृत्यु सम्म पनि राई जातिमा चिन्डो (वाबुक) प्रचलन रहेको र यसले सम्पूर्ण राई जातिलाई एकतामा बांधेर राखेको तर्क गर्दै यो नै राई जाति को पहिचान भएको बताउंदै उपस्थित निर्णायक मन्डल र दर्शकको मन जितेकी थिईन्। विजेता राईले नगद पचास हजार, सिटिभी मोवाइल एक थान संगै ट्रफी र प्रमाणपत्र प्राप्त गरिन्।
राई जातिमा महत्वपूर्ण मानिएको तिन चुलाको आधारमा बांडीएको अवार्डमा क्रमश रनर अप (बंशज चुलो) अवार्ड पांचथरकी कला राई बन्न सफल भईन्। अन्य रनर अपमा क्रमश फस्ट रनर अप (कुटुम्व चुलो) अवार्ड खोटाङकी गमला राई, सेकेण्ड रनर अप (समाज चुलो) अवार्ड सुनसरीकी भावना राईले जित्न सफल भईन्। उनले सव टाइटल मिस फ्रेन्डशीप (बाखाम्मा) अवार्ड पनि जितिन्। रनर अपहरुले क्रमश नगद पच्चिस हजार संगै सिटिभी मोवाइल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।
अन्य सव टाइटल अवार्डमा क्रमश मिस कल्चर उदयपुरकी उर्मिला राई, मिस पंचुआलीटी, ईलामकी उर्मिला राई, मिस पर्सनालीटी, स्मिता राई, भ्युअर च्वाइस र मिस ट्यालेन्ट दुवै अवार्ड भोजपुरकी ममता राई, बेस्ट ड्रेस प्रतिमा राई, मिस डिसीप्लिन कविता राई र फोटोजेनीक, मन्जु राईले प्राप्त गर्न सफल भईन्।
READ IN ENGLISH: Sony bagged Miss Rai title
