सुशान्त सिंहको अन्तिम फिल्म जुलाईमा रिलिज हुने


बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ जुलाई मा रिलिज हुने भएको छ।केही समययता भारतका ठूला ब्यानरका फिल्मसमेत डिजिटल प्लेटफर्ममा रिलिज हुन थालेकाले यो फिल्मको पनि डिजिटल बजारमार्फत रिलिज गर्न लागिएको हो। यतिबेला सबैले सुशान्तसिंहको नयाँ फिल्म हेर्न चाहेकोले उनको श्रद्धाञ्जलीस्वरूप यो फिल्म रिलिज गर्न लागेको पनि मुकेशले बताएका छन्। यो मुकेशको डेब्यु निर्देशन फिल्म हो।

यो फिल्मको मुख्य नायिकामा सन्जना सांघीया छिन्। फिल्मलाई आउँदो जुलाई २४ मा रिलिज गरिने निर्देशक मुकेशले बताए। यसका निर्माताले ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्न लागेका हुन्। डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ भारतमा निःशुल्क हेर्न पाइने डिज्नीका सञ्चालकको भनाइ छ। दर्शकहरूले नै दि बेचारका माग गरेका कारण आफूहरूले यो फिल्म केही दिनका लागि निःशुल्क देखाउन लागेको पनि डिज्नीले बताएको छ।

फिल्म दिल बेचारा गत मे ८ मा प्रदर्शन हुने तय भएको थियो। तर, कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले लकडाउन घोषणा गरेसँगै सिनेमा हल बन्द भयो। जसका कारण फिल्म दिल बेचारा पनि निर्धारित मितिमा रिलिज हुन सकेन।

हिन्दी टेलिशृङ्खला “किस देश में हे मेरा दिल”बाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका अभिनेता सुशान्त सिंह राजपूत जुन १४ तारिकका दिन आफ्नै घरमा मृत भेटिएका थिए। अनुरुप राजपुतले अर्को टेलीश्रृङ्खला ‘पवित्र रिश्ता’बाट निकै चर्चा कमाएका थिए।

SUBSCRIBE 👉