विवाह बन्धनमा बाँधिए संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल


नेपाल सांगीतिक क्षेत्रका चर्चित संगीकार अर्जुन र पार्श्व गायनबाट उदाएकी गायिका दुर्गा खरेल विवाह बन्धनमा बाँधिएका छन्। वैशाख महिनामा तय गरिएको बिवाह मिति कोरोना र लक डाउनका कारण पछि सरेको हो।

संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल शुक्रबार विवाह बन्धनमा बाँधिएका छन्। काठमाडौंको बुढानिलकण्ठ मन्दिरमा उनीहरुले सामाजिक परम्परा अनुसार विवाह गरेका हुन्। सिमित आफन्त र साथीभाइहरुलाई माझ उनीहरुले विवाह गरेका हुन्।

नेपाल सांगीतिक क्षेत्रका सफल संगीकारको परिचय बनाएका अर्जुन र गायिका दुर्गा सात वर्षदेखि अनुराग संगीत विद्यालयमा आवद्ध छन्। ‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, किस्मत २, क्याप्टेन’ लगायत थुप्रै चलचित्रका गीतहरुमा अर्जुनले संगीत भरेका छन् भने अर्जुनका धेरै गीतमा दुर्गाको स्वर सुन्न सकिन्छ।

यसअघि उनीहरूले वैशाखलाई विवाहको मिति पक्का गरेका थिए। तर, त्यस समय लकडाउनमा कडाइ भएका कारण उनीहरूले विवाहको मिति सार्नुपरेको थियो। उनीहरूले अवस्था सामान्य भएपछि मात्र विवाह भोज गर्ने सोच बनाएका छन्।

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.