प्रदिपको ‘माई होम अवे फ्रम होम’ पोर्चुगलमा उत्कृष्ठ


my-home-away-from-home-pradip-timilsina

ग्ल्यामर नेपाल । नेपाली युवा प्रदिप तिमिल्सिनाले निर्माण र निर्देशन गरेको आईफोन फिल्म ‘माई होम अवे फ्रम होम’ पोर्चुगलमा सम्पन्न ‘सुपर नाईन मोबाईल फिल्म फेस्टिबल’मा जून महिनाको उत्कृष्ट फिल्म बनेको छ। तिमिल्सिनाका अनुसार सर्वाधिक मत ल्याएर उत्कृष्ठ बनेको फिल्मले वर्ष भरिका उत्कृष्ट नौ फिल्महरुसँग प्रतिस्पर्धा गर्नेछ।

‘मैले व्यक्तिगत र पारिवारिक परिवेशमा यो फिल्म बनाएको हुँ,’ उनले भने,‘ यसमा मेरो आमाको सम्वेदना र अशक्क्तताको पीडा मेरो छोरा प्रियांसु तिमल्सिनाद्वारा अभिव्यक्त गरिएको छ। यसका सम्पूर्ण प्राविधिक कार्यहरु एडिटिङ, डविङ, मिक्सिङ, कलर करेक्सन आदि आईफोनबाटै गरिएको छ।’

उनका अनुसार फिल्मलाई भारतको बेङलोर फिल्म सोसाइटीले आफ्नो सामाजिक अभियानहरुका निम्ति प्रदर्शनमा राख्नेछ भने द ओहियो स्टेट यूनिभसिर्टी कोलम्वस अमेरिकाले फिल्म सम्बन्धी अध्ययन गर्ने आफ्नो विद्यार्थीहरुका निम्ति प्रकाशनमा ल्याउने अध्यापन डिभीडी संग्रहमा पनि राख्ने भएको छ। उक्त डिभीडी अमेरिका लगायत क्यानाडा, यूके र अष्ट्रेलियामा पनि विक्री गरिने द जर्नल अफ शर्ट फिल्मसँगको सम्झौतामा जनाइएको छ।

यो फिल्म अमेरिकाको ‘द ओरजिनल आईफोन फिल्म फेस्टिबल’मा अझै प्रतिस्पर्धा गरिरहेको छ भने नेपालमा पहिलो पटक आयोजना हुन गईरहेको दृश्यांश मोबाईल फिल्ममा सार्वजनिक प्रदर्शनी गरिने छ।

SUBSCRIBE 👉