
Pushpa Khadka and Shraddha Chhetri | Nepali Movie Krishna Leela
चैत्र २७ मा रिलिज हुने फिल्म ‘कृष्ण–लीला’ को ‘कुनै दिन यस्तो पनि..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ। पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचर्ड गीतको भिडियोमा यी दुई रोमान्टिक मुडमा देखिएका छन्।
अर्जुन पोखरेलको शब्द र संगीत रहेको गीतमा सुगम पोखरेल र अञ्जु पन्त स्वर सुन्न सकिन्छ। रामजी लामीछानेले कोरियोग्राफी गरेको गीत पूर्वी नेपालको इलाम, पाँचथर र झापाका बिभिन्न रमणीय स्थानहरुमा खिचिएको हो। लभस्टोरी जनराको फिल्मको कथा लक्ष्मण सुवेदीले लेखेका हुन्।
दीपक ओली निर्देशीत फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् भने कार्यकारी निर्माता रत्न श्रेष्ठ छन्। श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्मको छायांकन शिब ढकाल र बाबु श्रेष्ठले गरेका हुन्। प्रकाश कार्की र केबल तामाङ निर्माता रहेको फिल्मको सहनिर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन्।
फिल्ममा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुराँगाई, आयुषा क्षेत्री, पिताम्बर आचार्यलगायतका कलाकारको अभिनय छ। आरआर फिल्मस्को ब्यानरमा निर्मित फिल्मको सम्पादन कार्य अर्जुन जिसीले गरिरहेका छन। आरआर फिल्मस्ले बितरण गर्ने फिल्मलाई ०७७ को प्रतिक्षित फिल्मका रुपमा हेरिएको छ।