एकै मञ्चमा अबिबाहित र बिबाहित महिलाहरुका दुई सौन्दर्य प्रतियोगिता


दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्षजस्तै यस वर्ष पनि अबिबाहित र बिबाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ। आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना हुने भएको हो। अबिबाहित युवतीहरुबीच हुने स्पर्धा हुने मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ। त्यसै गरी मिसेस व्युटीफुुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहीणी जीवन बिताईरहेका १२ जना बिबाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले बताए।

प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट व्युटिफुल र मिसेस ट्यालेन्ट व्युटिफुल उपउपाधिका लागि दुबै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमा आफ्ना प्रतिभा प्रदर्शन गरेका छन्। दुबै प्रतियोगितका प्रतियोगिहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाककलाजस्ता आफ्ना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोशिष गरेका थिए।

ट्यालेन्टशोका लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक साुन थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए।

SUBSCRIBE 👉