निशाको ‘ओ प्रिया’ मा आकाश र पुजाको विवाह


आकाश श्रेष्ठ र पुजा शर्मा अभिनित म्युजिक भिडियो ‘तस्विर -२, ओ प्रिया’ हालै रिलिज गरिएको हो। फिल्मीबजारमा यो जोडी, प्रेम सम्बधमा रहेको हल्ला खुबै चलिरहेको छ। यो म्युजिक भिडियोमा भने आकाश र पुजाले विवाह गरेको द्रिश्यहरु शमावेश गरिएको छ। – भिडियो हेर्नुहोस्

‘तस्बिर २ – ओ प्रिया ‘यो गीत गायिका निशा कंडेलको चर्चित गीत ‘तस्विर’को सिक्वेल हो। यो गीतमा गीतकार बिष्णुबाबु देवकोटाको शब्द र संगीतकार टिका दहालले संगीत सुन्न सकिन्छ। राहुल प्रधानले संयोजन गरेको गीतमा गायिका निशा सँगै गायक अमन प्रधानको स्वर रहेको छ।

निकेश खड्का निर्देशित म्युजिक भिडियोको छायाँकन बुद्ध थापाले र सम्पादन विकाश धमलाले गरेका हुन्। गायिका निशा कंडेलले आफ्नै यु ट्युव च्यानल मार्फत यो गीत रिलिज गरेकी हुन्।

SUBSCRIBE 👉