७०औं ‘मिस युनिभर्स’का लागी इजरायलमा सुजिता बस्नेत


७०औं ‘मिस युनिभर्स’ मा सहभागीताका लागी ‘मिस युनिभर्स नेपाल’ सुजिता बस्नेत इजरायल पुगिसकेकी छिन्। त्रिभुवन बिमान स्थलमा आयोजक संस्थाकी प्रमुख नग्मा श्रेष्ठ लगायतका टिमले शुभकामना सहित उनलाई बिदाई गरेका थिए।

इरजायल उड्न् अगाडि बस्नेतले यो पटक ‘मिस युनिभर्स’ को ताज नेपाल भित्रिने आस गर्न सकिने बताइन्। उनले मिस युनिभर्समा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिने उदेश्य सहित आफु सहभागी हुन लागेको बताइन्।

गतमहिना राजधानीको होटल याक एन्ड यतिमा आयोजित ‘मिस युनिभर्स नेपाल’ को ग्रान्ड फिनालेमा उनले १५ प्रतियोगीलाई पछि पर्दै बस्नेतले ताज पहिरिएकी थिइन्। प्रतियोगीताका लागि उनले नेपालको पहिचान झल्कने एक कस्ट्युम सहित बिभिन्न तयारी गरेकी छन्।

१२ डिसेम्बरमा ‘मिस युनिभर्स’ आयोजना हुँदैछ। प्रतियोगीतामा ७० बढी देशमा सुन्दरीहरुको सहभागीता रहनेछ।

SUBSCRIBE 👉