यु ट्युवमा प्रीति कौर र बुलेट फ्लोको ‘तिमी मात्रै छौ’


गायिका प्रीति कौरले नयाँ गीत ‘तिमी मात्रै छौं’को म्युजिक भिडियो रिलिज गरेकी छिन्। पप भाकाको गीत ‘तिमी मात्रै छौ’मा प्रीतिलाई बुलेट फ्लो (सुरेज नरसिंह विक्रम थापा)ले साथ दिएका छन्। बुलेट फ्लोकै युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा संगीत बुलेट फ्लोकै छ। गीतमा संगीत संयोजन, मिक्सिङ र मास्टलिङ लोकेन्द्र सुब्बाले गरेका छन्।

रञ्जित कटुवालले निर्देशन गरेको गीतको भिडियोमा गायिका प्रीति र गायक बुलेट फ्लोलले नै अभियन गरेका छन्। विवेक दुलाले खिचेको भिडियो लोकेन्द्र सुब्बाले सम्पादन गरेका हुन्।

गायिका प्रीतिले दुई साताबीचमै दोस्रो गीत सर्वाजनिक गरेकी हुन्। उनले दुई साताअघि ‘के को शान’ गीत आफ्नै युट्युब च्यालनबाट रिलिज गरेकी थिइन्।

SUBSCRIBE 👉