रिसम मितल र स्नेहा ढकाल बने ‘रनवे ड्रिम्स २०२२’ विजेता


रिसम मितल र स्नेहा ढकालले ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि जितेका छन्। स्नेहाले ८ प्रतियोगिलाई पछिपार्दै महिला तर्फ र रिसमले १० प्रतियोगिलाई पछिपार्दै पुरुष तर्फको शिर्ष उपाधि जितेका हुन्। विजेताले ७० हजार नगद सहित विभिन्न उपहारहरु प्राप्त गरेका छन्।

‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कालीमाटीमा आयोजित प्रतियोगीतामा महिलातर्फ अनुषा कुवँर क्षेत्री फष्टरनरअप र अनु मानन्धर सेकेन्ड रनरअफ चुँनिदा पुरुषतर्फ ओम जोशी फष्टरनर अप र समर पुरी सेकेन्ड रनरअप बन्न सफल भए। सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।

साजसज्जा सहित भब्य फेसनमय बातावरमा आयोजित प्रतियोगितामा अभिनेता रमेश उप्रेती, मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापा लगायत निणार्यक रहेका थिए। अभिनेता कृष्ण मल्ल र पर्यटन बोर्डका नन्दिनी थापा बिषेश अतिथिको रुपमा सहभागी प्रतियोगीतामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरिएको छ। मधुले दुवईमा आयोजना हुने अन्तराष्ट्रिय प्रतियोगीता ‘मिसेस टुरिजम २०२२’मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सिइयो दुर्गा बिसुरालले बताएकी छिन्।

युवायुवतीलाई उत्कृष्ट प्रशिक्षण सहित भविश्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउदै उज्वल भबिश्य निर्माणमा सक्षम बनाउने उदेश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्टिच्युटअफ मोडलिङ फेसन’मा म्यानेजिङ डाइरेक्टर डा. नविन शाहले जानकारी दिए।

प्रतियोगितामा फोटो जेनिक अनिल महत र जाग्रिती यादव, मोष्टपपुलर राजिव चौधरी र प्रिंकला खड्गी, बेष्टवाक सौर्य तिर्वा र अनुषा कुवँर क्षेत्री, मष्टफ्रेण्डली आयुष पाण्डे र ग्रिष्मा तामाङ, बेष्टहेयर प्रमिला बिष्ट, मष्टइष्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्टफिजिक समर पुरी र प्रिंकला खड्गी, मष्टट्यालेन्ट जिक्टेन शेर्पा र अनुषा कुवँर क्षेत्री, बेष्टफर्सनालिटी रिसभ मितल र स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भए।

SUBSCRIBE 👉