विवाहको तयारीमा लोकप्रिय गायिका मेलिना राई


गायिका मेलिना राईले आफ्ना फ्यानहरुमाझ खुशीको खबर शेयर गरेकी छिन्। आफू चाडै नै बैबाहिक जीवनमा बाँधिन लागेको भन्दै मेलिनाले गितारिष्ट तथा कम्पोजर संजीब बराइलीसँगको एक तस्विर फेसबुकमा सेयर गरेकी छिन्।

तस्विर क्याप्सनमा मेलिनाले आफूले संजीब बराइलीसँग इन्गेजमेन्ट गरिसकेको पनि उल्लेख गरेकी छिन्। तर मिडियाका अनुसार उनीहरुले २ बर्ष अगाडि नै इन्गेजमेन्ट गरिसकेका हुन्। मेलिना र संजीब विगत ५ बर्षदेखि प्रेममा थिए। मेलिनाका अनुसार बिबाह यसैबर्ष हुँदैछ। तर बिबाहको मिति भने फाइनल भईसकेको छैन।

SUBSCRIBE 👉