‘मोडल हन्ट नेपाल’ को अडिसन सुरु


‘मोडल हन्ट नेपाल २०२२ ’ को अडिसन सुरु भएको छ। शनिबार काठमाडौं बाट प्रतियोगीताको अडिसन सुरु गरिएको हो। अडिसन जुलाई ९ सम्म चल्ने बताईएको छ। अडिसनमा देशभरबाट युवा युवतीले सहभागीता जनाइरहेका छन्। प्रतियोगीताको यो सातौं संस्करण हो। प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरिय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीको सहभागीता रहनेछ। अडिसनबाट छानिएका प्रतियोगीको जानकारी अन्तिम अडिसनपछि सार्वजनिक गरिनेछ।

अडिसनको निर्णायकमा नम्रता श्रेष्ठ (मिस नेपाल २०२०), रोजिन शाक्य (कोरियोग्रफर), रवि धमाला (सिइयो नेक्स्ट मोडल्स नेपाल) रुबिस्का श्रेष्ठ (ब्यवसायीक मोडल, अनिशा शाक्य र प्रविन चापागाई (मोडल हन्ट नेपाल विजेता २०२१ ) लगायत रहेका छन्।

प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा नगद ५ लाख बराबरा उपहारसहित १ देखि १५ सेब्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगीता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त आयोजक नेक्स्ट मोडल्स ले जनाएको छ।

SUBSCRIBE 👉