एन्जल बनिन् मिस टिन हिमालय नेपाल २०२२


राजधानी शहरको जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मिस टिन हिमालय नेपाल २०२२ को फाइनल प्रतिस्पर्धा सम्पन्न भएको छ। प्रतियोगितामा ३६ प्रतिस्पर्धीहरु भन्दा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्न सफल भए संगै एन्जल चन्दले पहिलो संस्करणको मिस टिन हिमालय नेपालको ताज पहिरन सफल भइन्। विजेता भएसंगै एन्जलले नयाँ स्कुटर पुरस्कारका रुपमा प्राप्त गरिन्। एन्जलले प्रतियोगितामा वेष्ट स्पिकरको अवार्ड पनि हात पार्न सफल भइन्।

प्रतियोगितामा सरस्वती विश्वकर्मा फस्ट रनर्स अप तथा प्रकृति श्रेष्ठ सेकेन्ड रनर्स अपका रुपमा छनौट भएका थिए। सरस्वतीले मिस ¥याम्प वाक र वेष्ट इन इभिनिङ गाउनको अवार्ड पनि जितिन् भने प्रकृतिले वेष्ट इन्ट्रोडक्सन भिडियो र वेष्ट स्माइल पनि जित्न सफल भइन्।

कथा इभेन्ट्सको ब्यानरमा आयोजना भएको सो प्रतियोगितामा आईइसी स्कुल अफ आर्ट एण्ड फेसन, लोकन्थलीका विद्यार्थी डिजाइनरले तयार पारेका पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए। प्रतियोगिताको स्वागत नृत्यलाई छवि मगरले निर्देशन गरेका थिए भने प्रतियोगिताको कोरियोग्राफी र संचालन फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए।

SUBSCRIBE 👉