सिन्धुपाल्चोककी दीपा कार्कीलाई मिस ग्राण्ड नेपाल २०२२ को ताज


मिस ग्राण्ड नेपाल २०२२ को ताज सिन्धुपाल्चोकी दीपा कार्कीले जितेकी छन्। झापाकी रोजिका सिटौलाले मिस ल्यान्डस्केपस नेपाल, पोखराकी डिना कट्वालले मिस औरा नेपाल, लक्ष्मी धमलाले मिस ग्लोवल नेपाल र माया कडेलले मिस ग्रान्ड युनिभर्सल नेपालको उपाधि पाउन भएका छन्। काठमाडौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको प्रतियोगितामा पाँच सुन्दरीहरुले मिस ग्राण्ड नेपालको फरक फरक विद्यामा ताज पहिरिन सफल भएका हुन्।

प्रतियोगीताको जुरी प्यानलमा मिस नेपाल २००० उषा खड्गी, हिसानका राम हरि सिलवाल, सरोज प्याकुरेल, मोडल दिपक घिमिरे, मिस्स मंगोल स्कुल प्रिन्सेस अप्रिल लामा र नेपाल टुरिजम बोर्डका गोपाल भण्डारी रहेका थिए।

चर्चित कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा संम्पन्न मिस ग्रान्ड नेपाल २०२२ का सबै बिजेताहरुले नगद रु ५०/ ५० हजारको साथै थुप्रै गिफ्ट ह्याम्पर र पाँचै बिजताले अन्तरास्ट्रिय प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।

प्रमुख अतिथि सेनेट श्रेष्ठ, अतिथिहरुमा किसन राज सिङ, राजु श्रेष्ठ, प्रकाश कुँवर लगायतका व्यक्तित्वहरु रहेको कार्यक्रमको संचालन पनि कोरियोग्राफर रोजिन शाक्यले नै गरेका थिय।

SUBSCRIBE 👉