फेसनमय ‘आइसी डिजाइनर रनवे’


दरबारमार्ग स्थित होटल याक एण्ड यति हायत साँझ फेसनमय बन्यो। ‘आइसी डिजाइनर रनवे ११’ फेसन शोमा सेलिब्रेटी / मोडल विभिन्न आकर्षक फेसनका डिजाइनका आउटफिटमा प्रस्तुत भएका थिय। झिलिमिलि सजावट सहित आयोजना भएको फेसन शोमा ७ भारतिय र २५ नेपाली मोडलले आइसी कलेजका १९ औं ब्याजका पास आउट बिद्यार्थीहरु ६१ जना फेसन डिजाइनरले तयार पारेका पोशाकहरु र्याम्पमा प्रस्तुत गरे।

आइसी कलेजको आयोजनामा नेक्स्ट मोडल्स नेपालले व्यवस्थापन गरेको फेसन शोमा पुर्व मिस नेपाल नम्रता श्रेष्ठ, अस्मि श्रेष्ठ, अभिनेत्री आँचल शर्मा, रुविना थापा र अभिनेता आकाश श्रेष्ठ सो टपरको रुपमा र्याम्म देखिदा दर्शक मोहित भएका थिए।

हरेक वर्ष नियमित आयोजना हुँदै आएको ‘आइसी डिजाइनर रनवे’ फेसन शो यस बर्ष झनै सब्य, भब्य र ऐतिहासिक रुपमा सम्पन्न भएको म्यानेजमेन्ट जिम्बेवारी लिएको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए।

सेलिब्रेटी, भिआइपी, ब्यवसायी लगायत बिभिन्न प्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको फेसन शोको कोरियोग्राफी अभिमन्यु सिंह तमोरको रहेको थियो। फेसन शो ‘आइसी डिजाइनर रनवे’ को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी दिइन्।

SUBSCRIBE 👉