लामो समयदेखि बिभिन्न सौन्दर्य प्रतियोगीता आयोजना गर्दै आएको ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले बिगतका बर्ष झै यो बर्ष पनि ‘मिसेस नेपाल ग्ल्याम २०२२’ आयोजना गर्ने भएको छ। आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टले सोमबार एक बिज्ञप्ती जारी गर्दै प्रतियोगीताको आवेदन खुल्ला भएको जनाएको हो।
विवाहित महिलाहरूको प्रतिभा निखार्दै उनीहरूलाई भविश्य निर्माणमा सक्षम बनाउने उदेश्यले प्रतियोगिता आयोजना हुँदै आएको हो। बिगतका बर्ष भन्दा यो बर्ष झनै भब्य सब्य रुपमा प्रतियोगतिा आयोजना हुने आयोजक ग्ल्याम वर्ल्डकी प्रिती कार्कीले बताइन्।
प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो अडिसन यही भाद्र ११ गते बानेश्वर स्थित होटल रानीमहलमा आयोजना हुनेछ। सहभागी हुन चाहनेले अनलाईन मार्फत तथा ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्टको कार्यालय र होटल रानीमहलबाट आवेदन फर्म भर्न सक्नेछन्।
शीर्ष सहित बिभिन्न आधा दर्जन विजेता छानिने प्रतियोगिताको विजेताले उपाधिका साथमा बिभिन्न अवसर गिफ्ट पुरस्कारको रुपमा प्राप्त गर्नेछन्। प्रतियोगीताको कोरियोग्राफर आश्विनी झा हुन्। आश्विनी नेपालका चर्चित कोरियोग्राफर हुन्।
प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका बिभिन्न अन्तराष्ट्रिय स्तरको प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए।
‘मिसेस नेपाल ग्ल्यामको उपाधि २०१८ अलाइजा महर्जन, २०१९ मिनु प्रधान र २०२१ मा उर्मिला कार्कीले जितेकी थिईन्। प्रतियोगीताका विजेताले ‘सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल’ का अलवा बिभिन्न प्रतियोगीतामा सहभागीको अवसर प्राप्त गर्नेछन्।