विनोदले ल्याए सांगीतिक बञ्जारा


Banjara

ग्ल्यामर नेपाल, काठमाडौं । गीतकार विनोद बञ्जराले डेब्यु एल्बम ‘बञ्जारा’ श्रोतामाझ ल्याएका छन्। एल्बमको आइतबार वरिष्ठ संगीतकार तथा गायक प्रेमध्वज प्रधानले सार्वजनिक गरे।

एसियन म्युजिक कम्पनीले बजारमा ल्याएको एल्बममा ‘दैब तेरो’, ‘दिप बनोस’, ‘ढाँटी ढाँटी’, ‘जुरेली चरीले’, ‘काली कमला’, ‘लचकदार’ र ‘तप तप’ बोलका गीत छन्। एल्बममा रामकृष्ण ढकाल, सत्य–स्वरुपराज आचार्य, मनोज राज, प्रमोद खरेल, रामचन्द्र काफ्ले, प्रकाश तिमिल्सिना र प्रविशा अधिकारीको स्वर रहेको छ भने राजनराज शिवाकोटी, प्रकाश तिमिल्सिना र बिजु बज्रको संगीत रहेको छ।

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संगीतकार तथा गायक प्रधानले संगीत क्षेत्रमा नयाँ अनुहारको प्रवेश हुनु आफैमा सुखद कुरा रहेको बताउँदै गीत लेखन कार्यमा निरन्तरता दिन समेत सुझाव दिए। कार्यक्रममा एल्बमसँग सम्बन्धित विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

SUBSCRIBE 👉