पियुस र सुनैनाले जिते मिस्टर एण्ड मिस टिन वर्ल्ड नेपालको उपाधि


‘मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२’ को विजेता पियुस अग्रवाल र सुनैना क्षेत्री भएका छन्। फेलिज इन्टरनेशनलले राजधानीमा आयोजना गरेको प्रतियोगीताको अन्तिम स्पर्धामा पियुसले मिष्टर र सुनैनाले मिस तर्फको शिर्ष उपाधि हात पारेका हुन्। पियुसले पर्सनालिटी र कन्जिन्यालिटी उप–शिर्षक समेत हात पार्दा सुनैना मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस समेत बनिन्। प्रतियोगीतामा मिस्टर तर्फ सुजल संग्रौला फष्टरनर अप र सुरज रसाइली सेकेन्ड रनरअप बन्दा मिस तर्फ दीक्षा उपाध्याय फष्ट रनर अप र बिदिसा श्रेष्ठले थड रनरअपको उपाधि हात पारिन्।

१६ देखी २१ बर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीहरुको फूर्सद सदुपयोग गर्दै उनीहरुको आत्मविश्वास, कार्यक्षमता अभिबृद्धि तथा जनसम्पर्क स्थापनामा ठूलो मद्धत पु¥याउने उदेश्यले आयोजित प्रतियोगीताको निर्णायकमा पुर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, पूजा गिरी, दीपक घिमिरे, दिब्या प्रभा झा थिए।

प्रतियोगीताका शिर्ष विजेताले १० अक्टुबरमा टर्कीको इस्तानबुलमा आयोजना हुने ‘टप मोडल अफ युनिभर्समा’ नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिसत छात्रबृती, आयोजकका तर्फबाट नगद पुरस्कार रु १ लाख तथा विभिन्न उपहारहरु समेत प्राप्त गरेका छन्। त्यस्तै फस्र्ट रनरअप तथा सेकेण्ड रनर अपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रबृत्ती प्राप्त गर्नेछन्।

SUBSCRIBE 👉