नेपालीको समस्यामा सहयोगी – बिक्कीको ‘हेल्प डेक्स इन पोर्चुगल’


रोजगारीका लागि पोर्चुगल पुगेका पर्वत कुस्माका बिक्की सुवेदी समस्यामा परेका नेपालीको सहयोगमा जुट्छन्। उनी अहिले नेपालीका सबैभन्दा कान्छा व्यवसायीको रुपमा पनि परिचित छन्। करिव एक दशकदेखि ब्यवसायमा सम्लग्न उनले आफ्नो ‘पावरफुल प्रिज्म एलडिए’ नामक कृषि कम्पनी स्थापना गरी आप्रबासीहरुलाई रोजगारी दिइरहेका छन्।

सामाजिक सेवामा हात हालेका बिक्कीको समूहले अन्य दुई कम्पनीको स्थापना गरी करिब तीन हजार मानिसलाई रोजगारी दिएको छ। उनले स्थापना गरेको ‘हेल्प डेक्स इन पोर्चुगल’ नामक संस्था नेपाली कामदारहरुको सहयोगी बनेको छ। रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका र समस्यामा परेका आप्रबासीलाई यो संस्था साथी नै हो।

‘जब म रोजगारीका लागि यहाँ आएँ त्यस पछि थाहा भयो वैदेशिक रोजगारी नेपालीले सोचे जस्तो सजिलो रहेनछ। झन्झटिलो कागजी प्रक्रियाले धेरै नेपालीलाई समस्यामा पारेको अवस्था थियो,’ उनले भने, ‘यहाँ आफूले भोगेको अनुभवले नै मलाई परदेशमा सहयोग गर्नु ठूलो धर्म कमाउनु हो भन्ने भावनाको विकास भयो। ’ पोर्चुगलमा सबैभन्दा ठूलो समस्या भाषाको हो। यहाँका हरेक कार्यालयमा भाषा नजान्नेले कुनै काम सहज रुपमा गर्न सक्दैनन्। पोर्चुगिसहरू संग भाषा बिना काम गर्न कठिन छ। त्यसैले पोर्चुगल आउन चाहनेले भाषा सिकेर आउनुपर्ने सुझाव दिन्छन् – बिक्की।

यही भाषागत समस्यामा परेर काम गर्न नसकेका नेपाली तथा अन्य देशका आप्रवासीलाई बिक्की सुवेदिकाे ‘हेल्प डेक्स इन पोर्चुगल’ले सहयोग गर्दै आएको छ। डकुमेण्टेसन तथा पोर्चुगलका विभिन्न सरकारी निकायमा पर्ने समस्याको समाधानका लागि यो संस्थाले काम गर्ने गरेको छ।

SUBSCRIBE 👉