शिक्षामा सघाउन हङकङमा मेलोडी नाइट


melody-night-hk

ग्ल्यामर नेपाल, काठमाडौं । नेपालमा रहेका गरिब बालबालिकालाई शिक्षा प्रदान गर्न आर्थिक सहयोग जुटाउने उद्देश्यले हङकङमा आगामी भदौ १ गते ‘मेलोडी नाइट’ नामक सांगीतिक कार्यक्रम हुने भएको छ। गरिब बालबालिकाहरुलाई विभिन्न कार्यक्रम गरी शैक्षिक सहयोगमा टेवा पुरयाउन स्थापना गरिएको ह्युमन नेचर फाउण्डेसन नेपाल, हङकङले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो।

संस्थाका संस्थापक सदस्य गणेश न्यौपानेले कार्यक्रममा नेपाली सुगम संगीतका भर्सटायल गायक राजेशपायल राई, सुरेशकुमार क्षेत्री, अविनाश घिसिङ र भरत सिटौलाको सांगीतिक प्रस्तुति जानकारी दिए। ‘आम दर्शकलाई मनोरञ्जनसँगै कार्यक्रमबाट प्राप्त रकमले सामाजिक काम गर्ने सोच हाम्रो रहेको छ,’न्यौपानेले भने,‘कार्यक्रममा उठेको सबै रकम हामी संस्थामार्फत नेपालका गरिब बालबालिकाहरुको शिक्षामा प्रयोग गर्नेछौं।’ उनका अनुसार कार्यक्रम हेनरी जी लिओङ याउ मा तेईको सामुदायिक हलमा हुनेछ। संस्थाको नेपालमा पनि शाखा रहेको छ।

SUBSCRIBE 👉