सुनिल थापा अभिनित मेरी कोमको पोष्टर


maru-comeलामो समयको पखाई पश्चात बलिउड फिल्म निर्माता सञ्जय लीला भन्सालीको फिल्म ‘मेरी कोम’को फष्टलुक सार्वजनिक भएको छ। नेपाली कलाकार सुनिल थापाले समेत अभिनय गरेको फिल्मको पोष्टर फिल्मकै नायिका प्रियंका चोपडाले सामाजिक संजाल ट्वीटर मार्फत फष्टलुक सार्वजनिक गरेकी हुन्। फष्टलुकमा प्रियंकालाई मुक्केबाजको रुपमा देखाइएको छ।

‘मैले दिल, रगत, पसिना र आत्मा सबै कुरा यही फिल्ममा चढाइदिएको छु।’उनले ट्वीटेकी छन्। पोष्टरमा प्रियंकालाई बक्सिङ खेल्दै गरेको अवस्थामा देख्न सकिन्छ। फिल्ममा प्रियंकाले भारतकै चर्चित बक्सर मेरी कोमको भूमिका निर्वाह गरेकी छन्। आगामी पाँच सेप्टेम्बरमा रिलिज हुने फिल्मका निर्देशक उमंग कुमार हुन्।

SUBSCRIBE 👉