मिसेस युनिभर्स २०१४ मा रजनी


rajani-thapa

ग्ल्यामर नेपाल, काठमाडौं । बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौन्दर्य प्रतियोगिता, इभेन्ट आयोजना र व्यवस्थापन गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको ‘मिसेज नेपाल’को दोस्रो संस्करणकी विजेता रजनी थापाले मलेसियामा हुन लागेको ‘मिसेस युनिभर्स २०१४’ मा सहभागिता जनाउने भएकी छन्। प्रतियोगितामा भाग लिन २८ वर्षीया थापा अगष्ट २० मा त्यसतर्फ प्रस्थान गर्दैछिन्।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार आउँदो अगष्ट २९ मा मलेसियाको क्वालालाम्पुरस्थित सन वे रिर्सोट होटेलमा हुने फाइनल प्रतियोगितामा विभिन्न ६३ देशका सुन्दरीहरूको सहभागिता रहनेछ। ‘नेपालको तर्फबाट यो दोस्रो सहभागिता हो पहिलो सहभागी ४४ वर्षीया मिना घिमिरेले उत्कृष्ठ १० मा परी ‘मिसेज इन्टेलिजेन्स’ को उपाधी हात पार्न सफल भएकी थिईन्, आशा छ हाम्रो सहभागीले यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्नुहुनेछ’ सापकोटाले भने।

६३ देशका सहभागी र मलेसिया लगायत विभिन्न देशका लगभग ३ हजार दर्शक सामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउने छिन्। ‘मिसेस ग्लोब २०१३’ मा नेपालका तर्फबाट सहभागी बनेकी रजनीले ‘मिसेस फिलेन्थ्रोपी’ विधाको अवार्ड जितेकी थिईन्। ईप्लानेटले पछिल्लो संस्करणमा ‘मिसेस नेपाल’ सहित एकै स्टेजमा ‘लिटिल मिस नेपाल’, ‘मिस टिन इन्टरनेशनल’ र ‘मिस इन्टरनेशनल’ प्रतियोगिता आयोजना गरेको थियो भने बर्ष २०१५ को लागि पनि आवेदन फारम वितरण शुरु गरिसकेको छ। यो बर्ष इप्लानेटले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन तथा सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपालको सौन्दर्य प्रतियोगिताकै इतिहासमा पहिलोपटक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस हेरिटेज इन्टरनेशनल २०१४’ को आयोजना गर्दै छ। यस अभि इप्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा २ शिर्षउपाधिसहित ९ उपाधि नेपाल भित्राउन सफल भएको थियो।

SUBSCRIBE 👉