नयाँ फेशन शैलीका साथ राजधानीमा ‘फेसनेसन २०१४’


fashionation-2014ग्ल्यामर नेपाल, काठमाडौं । आफ्नो व्यक्तित्वमा सकारात्मक परिर्वतन ल्याउन र आकर्षण थप्न मानिसहरु निरन्तर नयाँ फेसन शैलीलाई रुचाउँछन्। फेसनका विविध पक्षमा पहिरनको सुन्दरता र आकर्षण थप्ने कार्य त्यसमा प्रयोग गरिएका विभिन्न इम्ब्रोइडरी, वर्क, आर्ट, प्रिन्ट, प्याच आदिले गर्ने गर्दछ । यी मध्ये कतिपय कार्य सम्पन्न गर्न मशिनको प्रयोग गरी वा हातले नै सिलाउने गर्नुपर्ने हुन्छ।

यही कुरालाई दृष्टिगत गरी फेभिक्रिल नो स्टीच फ्याब्रिक ग्लु अर्थात् त्यस्तो गम जसको मद्दतबाट फ्याब्रिकमा आफूले चाहेको प्याच वर्क, स्टोन्, बिड्स, सिक्वेन्सहरु टाँस्न सकिन्छ। यसरी टाँस्दा कपडामा दाग लाग्ने, धुँदा उप्किने जस्ता समस्या र डर पनि हुने गर्दैन। भारतको पिडिलाइट इन्डस्ट्रिजको लोकप्रिय ब्रान्डका रुपमा रहेको फेभिक्रिलको यो उपयागितालाई नेपाली फेसन प्रेमी र फेसन सृजना गर्नेहरु माझ प्रस्तुत गर्नका लागि ‘फेसनेसन २०१४’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ।

आगामी साउन ८ गते बिहिबारका दिन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना हुने फेसन शोमा फेभिक्रिल नो स्टीच फ्याब्रिक ग्लु प्रयोग गरी लेस, सिक्वेन्स, स्टोन्स् र बिड्सको सुन्दर समायोजन र संयोजन भएका पहिरन शैलीहरु प्रदर्शन गरिनेछ । ट्राडिसनल, फ्युजन र वेस्टर्न वेयर गरी तीन वटा थीम अन्तर्र्गतका पहिरनहरुलाई प्रस्तुत गरिने यो फेसन शोमा पस्मिना शलमा फ्याब्रिक ग्लुको प्रयोग गरी तयार पारिएका डिजाइनका नमूनाहरु पनि प्रस्तुत गरिनेछ। नमूना कलेज अफ फेसन टेक्नोलजीको सहकार्यमा सम्पन्न हुने यो फेसन शोमा संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहनेछ।

नेपाली फेसन जगतका चर्चित व्यक्तिहरुका माझ प्रस्तुत गरिने यो कार्यक्रममा सेलीब्रेटी मोडल, फेसन डिजाइनरहरु, बुटिक सञ्चालकहरु, फेसन कलेजका अध्यापक एवं विधार्थी डिजाइनर एवं कालिगडहरुको उपस्थितिलाई प्राथमिकता दिइएको छ। फेसन शो प्रस्तुतिमा डेढ दर्जन युवती मोडलहरुको सहभागिता रहनेछ।

SUBSCRIBE 👉