राजीनामाले खुल्यो ममताको भाग्य


Miss-Chitwan

ग्ल्यामर नेपाल, काठमाडौं । स्वास्थ्य संस्थाको क्षेत्रमा क्रियाशिल स्टाफ नर्स, विएसी नर्सिङ, विएन अध्ययनरत छात्राहरु सहभागी भएको ‘मिस नर्स चितवन २०१४’को ताज ममता पाण्डेले जितेकी छन् । चितवनस्थित भरतपुर क्यान्सर अस्पतालको सभा हलमा आयोजना भएको फाईनलमा ममताले अन्य प्रतिष्पर्धीलाई पछि पार्दै उपाधि चुमेकी हुन् । प्रतियोगिताको अडिसनमा भाग लिनकै लागि अस्पतालमा कार्यरत रहँदा अस्पतालले अनुमति नदिएपछि उनले राजिनमा दिएकी थिईन् ।

‘मैले सोचेको पनि थिईन, म यो ताजको हकदार हुनेछु भनेर,’ ताज पहिरिएपछि उनले भनिन्,‘तर आज मैले ठूलो उपलब्धि हात पारेको छु । ’ स्ट्रिङ मिडियाले आयोजना गरेको प्रतियोगितामा चितवनका करिब १ सय ७ जना प्रारिम्भक प्रतिस्पर्धीहरु अडिसनबाट फाइनल राउण्डका लागि तय भएका थिए।

पाण्डेले ताजसँगै एक थान सुजुकी स्कुटरका साथै म्यूजिक भिडियो र फिल्ममा अभिनय गर्ने अवसरसमेत पाएकी छिन । प्रतियोगितामा फष्ट रनर अप अन्जुला सुनार र सेकेण्ड रनर अप रचना पुरी बने । उनीहरुले क्रमशः २५ हजार र १५ हजार नगद पुरस्कारसँगै अन्य पुरस्कार पनि प्राप्त गरे । साथै उनीहरुलाई पनि म्यूजिक भिडियो तथा फिल्ममासमेत अवसर प्रदान गरिएको आयोजक सिरस पुडासैनीले बताए । प्रतियोगितामा अभिनेत्री गरिमा पन्त, राकेशमान श्रेष्ठलगायत निर्णायक रहेका थिए ।

SUBSCRIBE 👉