एड्स र लागुपदार्थविरुद्ध गुञ्जियो टुँडिखेल


1974-AD
ग्ल्यामर नेपाल, काठमाडौं । आम मानिसमा एचआईभी एड्स र लागुऔषधका विरुद्ध जनचेतना जगाउने उद्देश्यले मेरो नेपाल फाउण्डेसन नामक संस्थाले शनिवार राजधानीमा वृहत सांस्कृतिक कार्यक्रम आयोजना गर्यो । नेपालदेखि भारतका चर्चित डाक्टरहरुको उपस्थितिमा भएको कार्यक्रममा डाक्टरहरुले दर्शकलाई स्वास्थ्य सम्बन्धी चेतना त बाँडे नै, कलाकारले पनि आफ्नो सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई नचाए ।

शनिवार नै जन्मदिन मनाएकी चर्चित गायिका इन्दिरा जोशीले आफ्ना दुई गीत ‘ट्राफिक जाम’ र ‘उध्रेको चोली’मार्फत दर्शकलाई नचाएकी थिईन् । ‘जन्मदिनको दिन सामाजिक काममा सहयोग गर्न पाउँदा मेरो यो वर्ष सुखद हुने आशा छ ।’ उनले भनिन् । इन्दिरा पछि आएका लोकगायक लोकनाथ सापकोटाले ‘म त गजलकार बने’लगायतका लोक भाकाका गीत सुनाए भने अर्का गायक विनोद खम्बुले पनि पूर्वेली लोकभाका गीतसँगै ‘बशमा छैन यो मन’बोलको गीत गाएका थिए ।
Binod-Khambuकार्यक्रमको आकर्षणको रुपमा रहेको ‘गोर्खाली गल्र्स व्याण्ड’ले पनि दर्शकलाई मनोरञ्जन दिए । पाँच युवतीको यो व्याण्डले ‘वीर गोर्खाली’ लगायतका आफ्ना रक गीतमार्फत दर्शकलाई झुमाएका थिए । अन्तिम समयमा स्टेजमा प्रस्तुत भएको चर्चित व्याण्ड १९७४ एडीले दर्शकलाई नझुमाउने कुरै भएन । मनोज केसी, एड्रिन प्रधानलगायतको यो टोलीले स्टेजमा चढ्नासाथ ‘छुँदैन तिम्रो मायाले’, ‘गुराँसै फूल्यो’, ‘यो मन त मेरो नेपाली हो’लगायतका गाएर दर्शकलाई नचाइरहे ।

SUBSCRIBE 👉