मिस नेपाल यूएसमा भिड्दै १५ युवती


Miss-Nepal-US
ग्ल्यामर नेपाल, काठमाडौं । अमेरिकामा रहेका नेपाली युवतीहरुलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस नेपाल यूएस’को चौथो संस्करणका लागि १५ युवती छनौंट भएका छन् । अमेरिकामा रहेको संस्था इभेन्ट प्लानेट इंकले काठमाडौंस्थित इ–प्लानेटसँगको सहकार्यमा आगामी भदौ १५ गते न्युयोर्कको कुइन्स थिएटरमा आयोजना गर्न लागेको अन्तिम चरणको प्रतिष्पर्धाका लागि युवती छनौंट भएका हुन् ।

अमेरिकाको विभिन्न राज्यबाट आएको आवेदनमध्ये छानिएका अन्तिम १५ सहभागीले व्यक्तित्व विकास गर्दै कार्यक्रममा आफ्नो प्रतिभा प्रदर्शन गर्नेछन् । सहभागीले कार्यक्रमको बन्दसत्रमा व्यक्तित्व विकास, नेपाली कला, संस्कृति तथा पर्यटन विकास, महिला सशक्तिकरण र अधिकार लगायतका विषयमा तालिम पाउनुका साथै नेपाल र नेपालीको लागि भावी जीवनमा आफुले गर्ने कार्ययोजना पनि निर्माण गर्नेछन् ।

आयोजक संस्थाका सदस्य निराकार उप्रेतीका अनुसार युवा सशक्तिकरण र नेपालको मूल प्रवद्र्धन नाराको साथ आयोजना गर्न लागिएको कार्यक्रममा नेपाली कला, सस्कृति, भाषा र पर्यटनको प्रवद्र्धनका साथै बौदिक सुन्दरतालाई बढावा दिइनेछ । ‘मिस नेपाल अमेरिका’ पहिलो पल्ट सन् २०११ मा अमेरिकाको न्युयोर्कमा सम्पन्न भएको थियो । जसमा सुजिता बस्नेत विजयी भएकी थिईन्। त्यसपछि दोस्रो संस्करण सन् २०१२ मा वासिङ्टन डिसीमा र तेस्रो संस्करण न्युयोर्कमा सन् २०१३ मा भएको थियो । जसमा आस्था श्रेष्ठ र बर्तिका राई विजेता भएका थिए ।

SUBSCRIBE 👉