स्नेहा तामाङलाई ‘मिस तामाङ वर्ल्ड २०२२’को उपाधि


भारतको सिलगुढी स्थित कोर्टयार्ड बाई मेरियोट होटलमा भव्य रुपमा आयोजना गरिएको ‘मिस तामाङ वर्ल्ड’को दोस्रो संस्करण उपाधि विजेताका रुपमा भारत सिक्किमकी स्नेहा तामाङ चयन भएकी छिन्। शीर्ष उपाधि विजेता भएसंगै चाँदीको क्राउन, नगद पुरस्कार रु पाँच लाख हात पारेकी स्नेहाले प्रतियोगितामा मिस पर्सनालिटीको अवार्ड पनि आफ्नो नाममा बनाउन सफल भइन्।

नेपालको विभिन्न स्थानका सात जना, भारतको विभिन्न स्थानबाट नौ जना र भुटानकी एक जना गरी सत्र जना तामाङ सुन्दरीहरु वीचको सो प्रतियोगितामा सिन्धुपाल्चोक नेपालकी नमूना तामाङले मिस तामाङ वर्ल्ड ग्युद, दोलखा नेपालकी गंगा तामाङ ग्याबाकले मिस तामाङ वर्ल्ड कल्चर, भारत दार्जिलिङकी ज्यासमिन लामाले मिस तामाङ वर्ल्ड सोशल वेलफेयर, भारत दार्जिलिङकी सोनम वाङमो तामाङ र भारत मिरिककी लाजिम तामाङले मिस तामाङ वर्ल्ड हेल्थको उपाधि चुम्न सफल भए। यी सबै उपाधि विजेताहरुले जनही नगद पुरस्कर रु एक/एक लाख पनि प्राप्त गरे।

मिस तामाङ वर्ल्ड फाउन्डेशनको आयोजना रहेको सो कार्यक्रमलाई अल इन्डिया तामाङ बुद्धिस्ट एशोसिएसन र सिकिम्म तामाङ बुद्धिस्ट एशोसिएसनले प्रस्तुत गरेको थियो। प्रतियोगिताको कोरियोग्राफी संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए। प्रतियोगितामा सेमिका लामा पब्लिक च्वाइस, यान्की तामाङ वेष्ट वाक, फुलमाया लामा कन्फिडेन्ट, ज्यास्मिन लामा कन्जिनियालिटी र फोटोजेनिक, गंगा तामाङ ग्याबक ट्यालेन्ट तथा सोनम वाङमो तामाङले वेष्ट नेसनल कस्ट्युमको अवार्ड जित्न सफल भए।

Sneha Tamang crowned Miss Tamang World 2022

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.