कृतिकाले पहिरिन् मिस एसईई नेसनल २०२३ को ताज


काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा मंचन भएको मिस एसईई नेसनल २०२३ को ताज कृतिका रेग्मीले जित्न सफल भएकी छिन्। उनी भ्युअर्स च्वाइस विधामा फस्ट रनर अप पनि बनिन्। प्रतियोगितामा त्रीदेवी श्रेष्ठ फस्ट रनर अप तथा अदिति ढकाल सेकेन्ड रनर अप छानिए। त्रीदेवीले फोटोजेनिक विधाको अवार्ड पाउँदा अदितिले ट्यालेन्ट विधाको अवार्ड आफ्नो नाममा पारिन्।

प्रतिस्पर्धा अन्तर्गत थर्ड रनर तर्फ सुजिना भण्डारी र फोर्थ रनर अप तर्फ कृस्टिना ढुंगाना विजेता चयन भए। सुजिना म्यानेज्मेन्ट च्वाइसको पनि हकदार बनेकी थिइन् भने कृष्टिना पब्लिक च्वाइस विधामा फस्ट रनर अप छानिएकी थिइन्।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको यस प्रतियोगितामा सरिना भण्डारी भ्युअर्स च्वाइस विधामा विजेता भएकी थिइन् भने पब्लिक च्वाइस विधामा प्रिन्सा थापाले विजेताको रुपमा बाजी मारिन्। प्रतियोगितामा समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा पुरस्कृत भए।

३२ जना छात्राहरुको सहभागितामा संचालन भएको यस प्रतियोगितामा शिक्षाविद् छविलाल पाण्डे, चलचित्र निर्देशक एवं सम्पादका साहिल खान, मोडल एवं संचारकर्मी रिता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायक मण्डलमा थिए। प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए।

Kritika Regmi Takes the Crown as Miss SEE National 2023

SUBSCRIBE 👉