‘मिस गुरुङ्ग इन्टरनेसनल’ पाचौँ सस्करणका लागी आवेदन खुल्यो


मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण आयोजना हुने भएको छ। भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको प्रतियोगिताको पाचौँ सस्करणको लागी आवेदन खुल्ला गरिएको छ। प्रतियोगिताको लागी अडिसन काठमाडौं, पोखरा, बुटवल, टहरी र सिक्किममा समेत हुने बताईएको छ। यही भाद्र १० गते देखी सुरु हुने प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा भने असोज २९ गते हुने जानकारी आयोजक संस्था मृगतृष्णा फेसन हाउसले दिएको छ।

मिस गुरुङ्ग इन्टरनेसनलका लागी अनलाईन आवेदन www.missgurunginternational.com बाट गर्न सकिने छ। त्यस्तै मगर हाउस – सामाखुशी, म्याड्रिड रेस्टुरेन्ट – भत्केको पुल र बस्किन रोबिन्स – दरवार मार्ग मा पनि आवेदन फर्म उपलब्ध गराईएको छ।

अडिसन बाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराईने छ।

मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी प्रतियोगिहरुलाई बिभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमहरुमा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायतका आयआर्जन मुलक ब्यवसायिक गतीबिधीहरुमा समेत क्षमता अनुसारको अवसर प्रदान गरिने आयोजक संस्थाको भनाई छ।

प्रतियोगीताको मुख्य विजेतालाई नगद पुरस्कार सहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सो-स्टपरको रूपमा समेत सहभागी गराईने जानकारी आयोजक संस्थाकी अध्यक्ष तृष्णा गुरुङले बताएकी छिन्।

प्रतियोगितामा मिस गुरुङ्ग इन्टरनेसनल, फर्स्ट रनर अप, सेकेन्ड रनर अप, लगायत अन्य उपाधी बिजेताहरुलाई नगद पुरस्कार प्रदान गरिने बताईएको छ। मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा अनलाइन भोटिङ्ग पार्टनर ओ एस आर कनेक्ट रहेको छ भने कार्यक्रम ब्यवस्थापन बि एण्ड बि ईभेण्ट म्यनियाले गर्ने भएको छ।

SUBSCRIBE 👉