ज्योती बनिन् टिन आइडल


Miss-Teen-Idol
ग्ल्यामर नेपाल, काठमाडौं । बाइस प्रतिष्पर्धीलाई उछिन्दै खोटाङकी १७ वर्षीया ज्योती क्षेत्रीले ‘मिस टिन आइडल २०१४’ को उपाधि चुमेकी छन् । उपाधिसँगै ज्योतिले २५ हजार रुपैयाँ पुरस्कार पनि हात पारिन् । एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा आयोजित प्रतियोगितामा काभ्रेकी १७ वर्षीया साइरिला श्रेष्ठ र वीरगञ्जकी १८ वर्षीया प्रियंका मानन्धर क्रमशः फस्ट र सेकेन्ड रनरअप बने ।

प्रतियोगितामा प्रमिशा लुइँटेल ‘मिस स्माइल’, निकिता महत ‘मिस पर्सनालिटी’, प्रियंका महर्जन ‘मिस बेस्ट स्किन’, दिव्या महर्जन ‘मिस बेस्ट हेयर’, इलिसिभा देवान ‘मिस फ्रेण्डसिप’, सञ्जु केसी ‘मिस फोटोजेनिक’, उपमा बानियाँ ‘मिस पञ्चुअल’, लक्ष्मी राई ‘मिस डिसिप्लिन’, पेमला शेर्पा ‘मिस पब्लिक च्वाइस’ र अर्पना लामा ‘मिस ट्यालेन्ट’ घोषित भए ।

सन् २००९ देखि ‘मिस मंगोल नेपाल’, ‘मिस लिटिल आइडल’जस्तो प्रतियोगिता गर्दै आएको एक्सन इन्टरटेनमेन्टले यसवर्षदेखि ‘मिस टिन आइडल’ पनि सुरु गरेको हो । प्रतियोगितामा १५ जिल्लाका २३ प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । उनीहरुलाई कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुसन साम्सोहाङको गीत, गणेश इशाराको क्यारिकेचरदेखि क्याम्ब्रिज पब्लिक स्कुलको नृत्यले दर्शकलाई मनोरञ्जन दिलाएको थियो । प्रतियोगितामा दुर्गानाथ शर्मा, राजभाई सुवाल, बीएकुमार शर्मा, मुस्कान लिम्बु, समृद्धि राई, पुर्ण लामा, आशिष्मा नकर्मी र मनिका राई निर्णायक रहेका थिए ।

SUBSCRIBE 👉