प्रतिष्ना बनिन् लिटिल आइडल


Winner-Photo
ग्ल्यामर नेपाल, काठमाडौं । पचास प्रतिष्पर्धीलाई उछिन्दै प्रतिष्ना केसीले ‘मिस लिटिल आइडल २०१४’ को उपाधी चुमेकी छन् । भत्तपुरको बालकोटस्थित मेरीगोल्ड इङलिस बोर्डिङ सेकेन्डरी स्कुलमा कक्षा सातमा अध्ययनरत प्रतिष्नाले उपाधीसँगै २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेकी छन् । एकल एल्बम ‘पहिलो बोली’ श्रोतामाझ ल्याइसकेकी उनी हाल रेडियो नेपालमा समाचारवाचन गर्ने गर्छिन । ‘बाल प्रतिभा पुरस्कार २०७०’, ‘उत्कृष्ठ बाल गायिका २०७०’, ‘बाल साहित्य शिशुुसेवा राष्ट्रिय पुरस्कार २०६९’ लगायत विभिन्न पुरस्कार प्राप्त गरेकी प्रतिष्नाले चलचित्र ‘हमेशा’, ‘चिहान’मा अभिनय पनि गरेकी छन् ।

एक्सन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा शनिबार राजधानीमा आयोजित प्रतियोगीतामा मिनभवनस्थित सहारा एकेडेमीमा कक्षा ८ मा अध्ययनरत स्नेहा जर्घा मगर र नक्सालस्थित मल्पि सिटी स्कुलमा कक्षा ६ मा अध्ययनरत समिरा अधिकारी क्रमशः फस्ट र सेकेन्ड रनरअप घोषित भए । प्रतियोगीतामा निहा राई ‘मिस पञ्चुअल’, परामिता गुरुङ ‘मिस इनोक्सेन्ट’, पुमाट्रेस राई ‘मिस स्माइल’, रितिका डंगोल ‘मिस बेस्ट हेयर’, सुजाता गुरुङ ‘मिस फ्रेण्डसिप’, क्यारोना कार्की ‘मिस फोटोजेनिक’, ऋचा पासवाल ‘मिस पर्सनालिटी’, कसिस पण्डित ‘मिस डिसिप्लिन’ र कृपा लामा ‘मिस ट्यालेन्ट’ घोषित भए । कार्यक्रममा खेमराज गुरुङ, गरिमा ज्ञवालीको गीत, निर्मला मगर, तायामा कलाकेन्द्र, त्रिकाल आर्ट एकेडेमीको नृत्यले कार्यक्रमलाई रोमाञ्चक बनाएको थियो ।

प्रतियोगितामा राजधानीस्थित २४ विद्यालयका ५१ जना प्रतियोगी अन्तिम प्रतिष्पर्धामा उत्रिएका थिए । प्रतियोगीलाई कोरियोग्राफर रोजिन शाक्यले तीन साता प्रशिक्षण दिएका थिए । ‘मिस लिटिल आइडल’को यो छैटौं संस्करण हो । काठमाडौंका पुर्व जिल्ला शिक्षा अधिकारी वैकुन्ठ अर्याल प्रमुख निर्णाक रहको प्रतियोगितामा थकेनकुमार गुरुङ, कुन्ति मोक्तान, मनोहरी थापा, एनिस्ता गुरुङ, सोनु श्रेष्ठ, एनी गुरुङ र मनिका राई निर्णायक रहेका थिए । यसअघि सविना मगर, सगुन भेटवाल, डेचेन लामा, गरिमा ज्ञवाली र छिरिङ डिकी लामाले शिर्ष उपाधी चुमिसकेका छन् ।

SUBSCRIBE 👉